• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए

प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता



फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत तथा सर्वोच्च अदालतका वरिष्ठ पाँच न्यायाधीश सहभागी हुनुहुन्थ्यो ।

भेटवार्तामा न्यायपालिकाकाले भोग्नुपरेको आर्थिक तथा जनशक्ति अभावलगायतका विषयमा कामु प्रधानन्यायाधीश कार्कीले विस्तृतरूपमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

“भेटमा अदालतको बजेट, भौतिक पूर्वाधार, मर्यादाक्रम र न्यायाधीशको तलबका विषयमा विस्तृतरूपमा छलफल भएको थियो”, भेटघाटमा भएको विषयमा जानकारी दिँदै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भन्नुभयो, “दिइरहेको बजेटमा पनि घटाउँदा न्यूनतम व्यवस्थापन, सञ्चालनमा समस्यामा परेको देखिएकाले न्यायपालिकाको स्वायत्तताका लागि सरकारले सहजीकरण भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो ।”

त्यस्तै, कामु प्रधानन्यायाधीशसहित न्यायाधीशसँग आज उपप्रधानमन्त्री एवां कानून, न्याय तथा संसदीय मामिलामन्त्री खड्काले भेट गरी न्यायालयलाई आवश्यक पर्ने सहयोग सरकारले गर्न विषयमा छलफल भएको थियो । प्रवक्ता पौडेलका अनुसार मन्त्री खड्काले कानून मन्त्रालयले न्यायालयलाई गर्नुपर्ने सहयोगका विषयमा के–के गर्न सकिन्छ आफूले भूमिका खेल्ने बताउनुभएको थियो ।रासस