४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता

प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता
फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत तथा सर्वोच्च अदालतका वरिष्ठ पाँच न्यायाधीश सहभागी हुनुहुन्थ्यो ।

भेटवार्तामा न्यायपालिकाकाले भोग्नुपरेको आर्थिक तथा जनशक्ति अभावलगायतका विषयमा कामु प्रधानन्यायाधीश कार्कीले विस्तृतरूपमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

“भेटमा अदालतको बजेट, भौतिक पूर्वाधार, मर्यादाक्रम र न्यायाधीशको तलबका विषयमा विस्तृतरूपमा छलफल भएको थियो”, भेटघाटमा भएको विषयमा जानकारी दिँदै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भन्नुभयो, “दिइरहेको बजेटमा पनि घटाउँदा न्यूनतम व्यवस्थापन, सञ्चालनमा समस्यामा परेको देखिएकाले न्यायपालिकाको स्वायत्तताका लागि सरकारले सहजीकरण भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो ।”

त्यस्तै, कामु प्रधानन्यायाधीशसहित न्यायाधीशसँग आज उपप्रधानमन्त्री एवां कानून, न्याय तथा संसदीय मामिलामन्त्री खड्काले भेट गरी न्यायालयलाई आवश्यक पर्ने सहयोग सरकारले गर्न विषयमा छलफल भएको थियो । प्रवक्ता पौडेलका अनुसार मन्त्री खड्काले कानून मन्त्रालयले न्यायालयलाई गर्नुपर्ने सहयोगका विषयमा के–के गर्न सकिन्छ आफूले भूमिका खेल्ने बताउनुभएको थियो ।रासस