२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङलाई हराउँदै कुवेत सेमिफाइनलमा, फाईनलको लागि नेपालसँग प्रतिष्पर्धा गर्ने



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा हङकङलाई ३० रनले पराजित गरदै कुवेत सेमिफाइनलमा पुगेको छ । समूह बी बाट रहेको कुवेत समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

जितको लागि २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ ५० ओभरमा २ सय ४२ रनमा अल आउट हुन पुग्यो । हङकङका कप्तान निजाकत खानले सर्वाधिक ६० रन बनाए । एक समय ५६–३ को अवस्थामा पुगेको हङकङलाई निजाकत खान र अजिज खानले ९१ रनको साझेदारी गर्दै जितको आशा कायमै राखेका थिए । अजिज खान ५५ बलमा ४९ रन बनाएर आउट भए । त्यसपछि हङकङले लगातार विकेट गुमाएपछि खेल हातबाट उम्कदै गएको थियो ।

हङकङका ब्याटर यासिन मुर्तजा ४३ बलमा ४३ रन बनाउदा अंशुमन रथ १३, जिशान अली २४ तथा हरुन अर्शद १२ रनमा आउट भए ।

बलिङ तर्फ कुवेतका स्पिनर यासिन पटेलले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । शाहरुख क्युदुसले ८ ओभरमा २७ रन खर्चेर ३ विकेट लिदा सैद मोनिब र इद्रिसले समान एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनायो । कुवेतको जितमा शिराज खानले ९५ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिएका थिए ।

कुवेतलाई ओपनर आद्नान इद्रिसले ४५ रनमा आउट हुदा कप्तान मोहम्मद अस्लाम ३२ रन बनाए । उस्मान पटेलले ५० रन जोडे भने सैयद मोनिब ३१ रनमा आउट भए ।

बलिङ तर्फ हङकङका स्पिनर एहसान खानले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर तीन विकेट लिए । आयुश शुक्ला, हरुन अर्शद, अजिज खान, यासिम मुर्तजा र मोहम्मद गजानफरले समान एक एक विकेट लिए ।

समूह ‘बी’ को उपविजेता कुवेतले शनिबार सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालसँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’ को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।