६ भाद्र २०८३, शनिबार
,
Latest
अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारविरुद्ध प्लेयर अफ द म्याच बने सन्दीपः १०० विकेट किर्तिमानीको लागि १ लाख नगद पुरस्कार



अ+ अ-

काठमाडौं । ओडिआईमा सर्वाधिक छिटो १०० विकेटको किर्तिमान राखेका स्पिनर सन्दीप लामिछानेलाई क्यानले एक लाख नगद पुरस्कार दिएको छ ।

आजको कतारविरुद्धको म्याचपछि सन्दीपलाई ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरिएको हो । सन्दीपलाई उनको तस्वीरसहितको फोटो फ्रेम र ट्रफी दिइएको छ ।

आज कतारविरुद्धको म्याचमा अलराउन्डरको प्रदर्शन गरेका सन्दीप प्लेयर अफ दी म्याच समेत बनेका छन् । उनले ब्याटिङमा सर्वाधिक ४२ रन बनाएका थिए भने बलिङमा ५ विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनको बलमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाईनलमा पुगेको छ ।

प्लेयर अफ दि म्याच बनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै सन्दीपले ब्याटिङमा नेपालले १५० रन कटाएपछि जितको आशा जागेको बताए । बलिङको कुरा गर्दा फ्यानहरुको समर्थन र मायाले आफूलाई उर्जा मिलेको उल्लेख गरे ।