४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

कपिलवस्तुमा २५ करोड लगानीमा आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा

कपिलवस्तुमा २५ करोड लगानीमा आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा
अ+ अ-

कपिलवस्तु । कपिलवस्तुमा रु २५ करोड लगानीमा चिस्यान केन्द्र (कोल्ड स्टोरेज) सञ्चालनमा ल्याइएको छ । बुद्धभूमि नगरपालिका–१० मा करिब डेढ बिघा जग्गामा युवा व्यवसायी आशीष शर्माले २५ सय टन क्षमताको आधुनिक प्रविधियुक्त मोडिफाइड एटमोसफेर कोल्ड स्टोरेज सञ्चालनमा ल्याउनुभएको हो ।

नेपालकै आधुनिक उक्त कोल्ड स्टोरेज पूर्ण क्षमतामा आउँदा करिब ८० जना श्रमिकले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । शर्माका अनुसार किासनको तरकारीलाई केही समय स्टोरेज गर्दा उत्पादनलाई कम मूल्इमा विक्री गर्नुपर्ने समस्या समाधान हुनेछ ।

शर्माले उक्त कोल्ड स्टोरेजमा तापक्रम, आद्रता, अक्सिजन, कार्बनडाइअक्साइड र एथेलिन व्यवस्थापनको क्षमता रहेकाले नेपालकै आधुनिक कोल्ड स्टोरेज भएको दाबी गर्नुभएको छ । उहाँले कोल्डस्टोरेजमा रहेका आठवटा चेम्बरलाई तरकारी, कृषिउपज र फ्रुजन ९स्विट कोर्न, मटर कोसा र फिंगर चिप्स० लाई जीवन अवधि बढाउन मिल्ने गरी तयार पारिएको जानकारी दिनुभयो । ती सामग्रीलाई व्यवस्थापन गर्न अटोमेटिक मेसिनद्वारा फ्रुजन चेम्बरको प्रविधिसहित शून्य डिग्रीदेखि माइनस २५ डिग्रीसम्मको तापक्रम व्यवस्थापन गरिएको छ ।

अहिले स्टोरेजमा ६ सय टन मुस्ताङ र काभ्रेको पाँचखाल आलु भण्डारण गरिएको छ । त्यस्तै १४ सय टन आलु, एक सय १५ टन गाँजरसँगै प्याज, बन्दा, अंगुर र फ्रुजनहरु भण्डारण गरिएको शर्माले जानकारी दिनुभयो । स्टोरेजमा अदुवा, लसुन, प्याज, गोलभेँडा, गाँजर र अंगुर जस्ता चाँडै बिग्रिने तरकारी र फलफूल भण्डार गर्न सकिन्छ ।

शर्माले स्थानीयस्तरमा उत्पादन हुने तरकारी भण्डारण अभावमा कम मूल्यमा बेच्नुपर्ने र भारतबाट आयातित तरकारीसमेत चिस्यान व्यवस्थापन नहुँदा २० प्रतिशत बिग्रने समस्या देखेपछि आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा ल्याएको बताउनुभयो ।

स्टोरेज खोल्नुअघि यस विषयमा अध्ययन गर्न आफू भारतका विभिन्न स्थानका ४५ वटा कोल्ड स्टोरेजमा पुगेको जानकारी दिनुभयो ।