६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

मिलन लामाले नचाए अस्टिनबासी नेपालीलाई

मिलन लामाले नचाए अस्टिनबासी नेपालीलाई
अ+ अ-

टेक्सास ,अमेरिका । जाँगर हुने र जानी नजानी कम्मर हल्लाउन सक्नेहरु के महिला, के पुरुष, के युवा के पाका कसैलाई नाच त एक पटक भन्नै परेन । सुरिलो स्वरका धनी चर्चित लोक गायक मिलन लामाको स्वर गुन्जिएर कानमा के पुगेको थियो बसेकै ठाउँबाट नाच्दै दर्शक श्रोताहरु स्टेजको मझेरीमा हामफाले ।

अकस्मात चिसिएर सेलाएको अस्टिनको चिसो मौसममा नेपाली मनहरु एकाएक तात्न पुगे । नयाँ वर्ष २०८० को अवसर पारेरगत आइतबार टेक्सास राज्यको राजधानी अस्टिनसँगै रहेको राउण्ड रक शहरको पाल्म भ्यालीस्थित वर्ल्ड सेटलर्स पार्कमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली मनहरुले खुसीले नयाँ वर्षको स्वागत गरे ।

नेपाली लोक संगीतका धरोहर गायक मिलन लामा कार्यक्रमका प्रमुख आकर्षण बने । दर्शक श्रोताहरुसँगै हौसिएर गीत गाउँदै नाच्दै गायक लामाले नेपाली मनहरुलाई एकपटक साँच्चै नेपालै पुगेको अवस्थामा पुर्याइदिए । ‘माझीदाई पोखरा फेवातालको, हंगकंग आईडीले’ लगाएतका चर्चित कालजयी गीतहरु गाएर नेपालीहरुको मन मुटुमा बसेका लामाले कार्यक्रमलाई निकै उल्लासमय बनाइदिए । कार्यक्रम ग्रेटर अस्टिन नेपाली सोसाईटी (ग्यान्स) लेआयोजना गरेको हो ।

ग्यान्स टेक्सास राज्यको राजधानी अस्टिन शहर र यस वरपर बस्ने नेपालीहरुको साझा संस्था हो जसले यहाँका नेपालीहरुका लागि राम्रो काम गरिरहेको छ । यसले नेपाली संस्कृति, भाषा, धर्म संरक्षणमा ठूलो योगदान गरिरहेको छ । साथै तीज, फागु पूर्णिमा, राम नवमी लगायतका पर्वहरुमा ग्यान्सले विशेष कार्यक्रमको आयोजना गर्ने गरेको छ । ग्यान्सको नेतृत्वमा यहाँ जमिन किनेर कार्यालय भवन र साथमा पशुपति नाथको विशाल मन्दिर निर्माण कार्य पनि भइरहेको छ । ग्यान्सले भवन किनेपछि यहाँ नेपालीहरुलाई व्रतबन्ध, जन्मदिन लगायत विभिन्न कार्यक्रम गर्न निकै सजिलो भएको छ ।

शुभकामना कार्यक्रममा गीत संगीत एवं खेलकुदसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि गरिएको थियो । यस क्षेत्रमामा बस्ने युवाहरुको सात वटा समूहबीच भलिबल प्रतियोगिता भएको थियो। त्यस्तै कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।