५ श्रावण २०८३, मंगलवार
,
Latest
नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु



अ+ अ-

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड –९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ । दुर्घटनामा परी जीप चालक बडिगाड–९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते हुनुभएको छ । उहाँको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ ।

जीप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । दुर्घटना हुँदा जीप सडकबाट एक सय ५० मिटर तल खसेको बताइएको छ । ‘ब्रेकफेल’ भई जीप दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।