२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक



अ+ अ-

पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करणमा चार विधाको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डको आज वर्ष खेलाडी पुरुष, महिला, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो ।

वर्ष खेलाडी पुरुषमा करण केसी (क्रिकेट), गङ्गाबहादुर कुँवर (आर्चरी) र प्रदीप खड्का (टेनिस) छन् । वर्ष खेलाडी महिलातर्फ सावित्रा भण्डारी (फुटबल), सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो) र रोजिना थापामगर (आर्चरी) रहेका छन् ।

उदियमान खेलाडीतर्फ रवि केसी (भलिबल), सुमित श्रेष्ठ (फुटबल) र सुवास भण्डारी (क्रिकेट) मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकमा किशोरकुमार गुरुङ (आर्चरी), नीरज थापा (लनटेनिस) र सुरज सुनार (आइटिएफ तेक्वान्दो) छन् ।

विधागत उत्कृष्टलाई २३ वैशाखमा हुने समारोहमा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर, उदियमान र प्रशिक्षकले जनही रु ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने मञ्च अध्यक्ष दीनानाथ बरालले बताए ।

मञ्चले यसबाहेक वर्ष उत्कृष्ट खेल सङ्घसंस्था वा क्लब, वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि जनही रु ३५ हजारसहित पुरस्कृत गर्नेछ । सोही दिन लाइफटाइम अचिभमेन्ट विधामा पनि सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट प्राप्त गर्नेलाई चाँदीको करुवासहित ट्रफी दिइने अध्यक्ष बरालले जानकारी दिए ।