• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

सालझण्डी–ढोरपाटन सडकः बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण



फाईल फोटो

ढोरपाटन । तराई–पहाड जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसक्यो । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण छ ।

सडक स्तरोन्नति गरी ग्राभेलिङ गर्न अघिल्लो वर्ष कात्तिकमा सम्झौता भए पनि अहिलेसम्म कामले गति लिएको छैन । निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन आउने पर्यटक र स्थानीय मर्कामा परिरहेका छन् । सडक खुलेको दशक बित्नै लाग्दा सडकको हालत उस्तै छ । रुपन्देहीको सालझण्डीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको छ ।

गुल्मी, अर्घाखाँची, पाल्पा र रुपन्देहीमा काम तीव्र गतिमा भएकामा बागलुङ खण्डमा शून्य प्राय छ । पहिले नै अप्ठ्यारो सडक त्यसमाथि विसं २०७७ भदौ १७ गते आएको बाढीले धेरै ठाउँमा क्षतविक्षत बनाएको थियो । अहिले दैनिक सयौँ यात्रु तथा पर्यटक यही सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बाढीले बिगारेको सडक केही मर्मत भएकोमा यात्रा भने कष्टकर हुने गरेको छ । हिउँदमा जसोतसो यातायातका साधान चल्छ । बर्खा लाग्यो भने ठप्प हुन्छ । यस वर्ष निर्माण कम्पनीले काम नगरे यस क्षेत्रका हजारौँ स्थानीय गाडीमा यात्रा गर्नबाट वञ्चित हुनेछन् ।

हिउँदा ठूलो वर्षा हुँदा गाडी राम्रोसँग चल्न सक्दैन । सडक समयमै स्तरोन्नति नहुँदा खासगरी ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का स्थानीय बढी मर्कामा पर्छन्् । सडक सहज नहुँदा स्थानीयवासीलाई पालिकाको केन्द्र बुर्तिबाङ आउजाउमा समस्या छ । सडक साँघुरो र अप्ठ्यारो हुँदा स्थानीय र पर्यटक जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानीय सोमबहादुर विकले बताउनुभयो । विकले सडक खुलेदेखि अहिलेसम्म दर्जन बढी गाडी दुर्घटनामा पर्दा धेरै ज्यान गुमाउनु परेको भन्दै सरोकारवाला निकायले ध्यान नदिँदा यतिका वर्षसम्म आफूहरुले समस्या भोग्नु परेको गुनासो गर्नुभयो ।

विक भन्नुहुन्छ, “ढोरपाटनमा दैनिक पर्यटक घुम्न आउँछन्, सडक राम्रो नहुँदा कतिपय डराएर बीच बाटोबाटै फर्किन्छन्, ढोरपाटन पुगेका ठाउँठाउँमा गाडी बिगारेर बसेका हुन्छन्, यहाँका स्थानीय सधैँ ढोरपाटन जाने र बोबाङ, बुर्तिबाङ झर्ने गर्छन्, अझ बढी ढोरपाटनमा उत्पादन भएका स्याउ, आलु र सिमी बजारसम्म पु¥याउन समस्या भएको छ, नेताहरु आउँछन्, बनाउँछम् भन्छन्, यो सडकको अवस्था उस्तै छ ।”

एक सय ९० किलोमिटरको यस सडकको झन्डै ५० किलोमिटर खण्डमात्रै बागलुङमा पर्छ । यो सडकले बागलुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिएका छन् । सडकको स्तरोन्नतिको काम रुपन्देही र अर्घाखाँची क्षेत्रमा मात्रै हुँदा यस क्षेत्रका नागरिकले समस्या भोग्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत ९कल्याण०ले बताउनुभयो । उहाँले निर्माण कम्पनीले अटेरी गर्दा यस क्षेत्रका नागरिकले सास्ती खेप्नु परेको बताउनुभयो ।

“देशी विदेशी पर्यटक आउने ढोरपाटनमा सडक भने निकै जोखिमपूर्ण छन्, वर्षौं भयो, सालझण्डी–ढोरपाटन सडक खुलेको अहिलेसम्म हालत उस्तै छ, सरकारले बजेट विनियोजन गरेर काम गर्न भन्छन् तर निर्माण कम्पनीले अटेरी गरिराख्छ, काम अहिलेसम्म हुन सकेको छैन”, उपप्रमुख कायतले भन्नुभयो, “हामीले धेरै पटक खबरदारी ग¥यौँ तर काम भने हुन सकेको छैन, फेरि बर्खा लाग्न थाल्यो समयमै काम गरे त बर्खामा पनि यस क्षेत्रका जनताले सहज रुपमा यात्रा गर्न पाउने थिए ।”

बागलुङ बजारदेखि बुर्तिबाङसम्म राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको सडकले सहज बनाइदिए पनि बुर्तिबाङदेखि ढोरपाटन भने कष्टकर नै हुने गरेको छ । सरकारले सडक स्तरोन्नतिका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नति गर्न सम्झौता भए पनि अहिलेसम्म जम्मा २४ प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका इन्जिनियर सरोज आचार्यले बताउनुभयो ।

यो सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द÷ओमबुद्ध जेवी काठमाडौँले २३ करोड रुपैयाँमा जिम्मा लिएकोमा काम भने गर्न नसकेको आचार्यको भनाइ छ । ३० महिनामा सक्ने गरी सम्झौता भएको र अब एक वर्ष बाँकी रहेको आचार्य बताउनुहुन्छ । सडक चौडा, नाली निर्माण गर्ने र ग्राभेलिङका लागि निर्माण कम्पनीलाई जिम्मा दिइएको उहाँको भनाइ छ ।

इन्जिनियर आचार्य भन्नुहुन्छ, “हामीले निर्माण कम्पनीलाई काम गर्न पटक–पटक आग्रह गरिरहेका छौँ, समयमै काम गर्छौं भन्छन् तर काम गर्दैनन्, अहिलेसम्म निकै कम प्रगति देखिन्छ, अब एक वर्ष बाँकी समय छ, अहिले फिल्डमा हे¥यो भने काम भएको छैन, कार्यालयले गर्नुपर्ने सबै काम गरिरहेका छौँ, निर्माण कम्पनीले काम नगरेपछि गाह्रो हुँदो रैछ ।” रासस