११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सालझण्डी–ढोरपाटन सडकः बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण

सालझण्डी–ढोरपाटन सडकः बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण
फाईल फोटो
अ अ+ अ-

ढोरपाटन । तराई–पहाड जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसक्यो । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण छ ।

सडक स्तरोन्नति गरी ग्राभेलिङ गर्न अघिल्लो वर्ष कात्तिकमा सम्झौता भए पनि अहिलेसम्म कामले गति लिएको छैन । निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन आउने पर्यटक र स्थानीय मर्कामा परिरहेका छन् । सडक खुलेको दशक बित्नै लाग्दा सडकको हालत उस्तै छ । रुपन्देहीको सालझण्डीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको छ ।

गुल्मी, अर्घाखाँची, पाल्पा र रुपन्देहीमा काम तीव्र गतिमा भएकामा बागलुङ खण्डमा शून्य प्राय छ । पहिले नै अप्ठ्यारो सडक त्यसमाथि विसं २०७७ भदौ १७ गते आएको बाढीले धेरै ठाउँमा क्षतविक्षत बनाएको थियो । अहिले दैनिक सयौँ यात्रु तथा पर्यटक यही सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बाढीले बिगारेको सडक केही मर्मत भएकोमा यात्रा भने कष्टकर हुने गरेको छ । हिउँदमा जसोतसो यातायातका साधान चल्छ । बर्खा लाग्यो भने ठप्प हुन्छ । यस वर्ष निर्माण कम्पनीले काम नगरे यस क्षेत्रका हजारौँ स्थानीय गाडीमा यात्रा गर्नबाट वञ्चित हुनेछन् ।

हिउँदा ठूलो वर्षा हुँदा गाडी राम्रोसँग चल्न सक्दैन । सडक समयमै स्तरोन्नति नहुँदा खासगरी ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का स्थानीय बढी मर्कामा पर्छन्् । सडक सहज नहुँदा स्थानीयवासीलाई पालिकाको केन्द्र बुर्तिबाङ आउजाउमा समस्या छ । सडक साँघुरो र अप्ठ्यारो हुँदा स्थानीय र पर्यटक जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानीय सोमबहादुर विकले बताउनुभयो । विकले सडक खुलेदेखि अहिलेसम्म दर्जन बढी गाडी दुर्घटनामा पर्दा धेरै ज्यान गुमाउनु परेको भन्दै सरोकारवाला निकायले ध्यान नदिँदा यतिका वर्षसम्म आफूहरुले समस्या भोग्नु परेको गुनासो गर्नुभयो ।

विक भन्नुहुन्छ, “ढोरपाटनमा दैनिक पर्यटक घुम्न आउँछन्, सडक राम्रो नहुँदा कतिपय डराएर बीच बाटोबाटै फर्किन्छन्, ढोरपाटन पुगेका ठाउँठाउँमा गाडी बिगारेर बसेका हुन्छन्, यहाँका स्थानीय सधैँ ढोरपाटन जाने र बोबाङ, बुर्तिबाङ झर्ने गर्छन्, अझ बढी ढोरपाटनमा उत्पादन भएका स्याउ, आलु र सिमी बजारसम्म पु¥याउन समस्या भएको छ, नेताहरु आउँछन्, बनाउँछम् भन्छन्, यो सडकको अवस्था उस्तै छ ।”

एक सय ९० किलोमिटरको यस सडकको झन्डै ५० किलोमिटर खण्डमात्रै बागलुङमा पर्छ । यो सडकले बागलुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिएका छन् । सडकको स्तरोन्नतिको काम रुपन्देही र अर्घाखाँची क्षेत्रमा मात्रै हुँदा यस क्षेत्रका नागरिकले समस्या भोग्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत ९कल्याण०ले बताउनुभयो । उहाँले निर्माण कम्पनीले अटेरी गर्दा यस क्षेत्रका नागरिकले सास्ती खेप्नु परेको बताउनुभयो ।

“देशी विदेशी पर्यटक आउने ढोरपाटनमा सडक भने निकै जोखिमपूर्ण छन्, वर्षौं भयो, सालझण्डी–ढोरपाटन सडक खुलेको अहिलेसम्म हालत उस्तै छ, सरकारले बजेट विनियोजन गरेर काम गर्न भन्छन् तर निर्माण कम्पनीले अटेरी गरिराख्छ, काम अहिलेसम्म हुन सकेको छैन”, उपप्रमुख कायतले भन्नुभयो, “हामीले धेरै पटक खबरदारी ग¥यौँ तर काम भने हुन सकेको छैन, फेरि बर्खा लाग्न थाल्यो समयमै काम गरे त बर्खामा पनि यस क्षेत्रका जनताले सहज रुपमा यात्रा गर्न पाउने थिए ।”

बागलुङ बजारदेखि बुर्तिबाङसम्म राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको सडकले सहज बनाइदिए पनि बुर्तिबाङदेखि ढोरपाटन भने कष्टकर नै हुने गरेको छ । सरकारले सडक स्तरोन्नतिका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नति गर्न सम्झौता भए पनि अहिलेसम्म जम्मा २४ प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका इन्जिनियर सरोज आचार्यले बताउनुभयो ।

यो सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द÷ओमबुद्ध जेवी काठमाडौँले २३ करोड रुपैयाँमा जिम्मा लिएकोमा काम भने गर्न नसकेको आचार्यको भनाइ छ । ३० महिनामा सक्ने गरी सम्झौता भएको र अब एक वर्ष बाँकी रहेको आचार्य बताउनुहुन्छ । सडक चौडा, नाली निर्माण गर्ने र ग्राभेलिङका लागि निर्माण कम्पनीलाई जिम्मा दिइएको उहाँको भनाइ छ ।

इन्जिनियर आचार्य भन्नुहुन्छ, “हामीले निर्माण कम्पनीलाई काम गर्न पटक–पटक आग्रह गरिरहेका छौँ, समयमै काम गर्छौं भन्छन् तर काम गर्दैनन्, अहिलेसम्म निकै कम प्रगति देखिन्छ, अब एक वर्ष बाँकी समय छ, अहिले फिल्डमा हे¥यो भने काम भएको छैन, कार्यालयले गर्नुपर्ने सबै काम गरिरहेका छौँ, निर्माण कम्पनीले काम नगरेपछि गाह्रो हुँदो रैछ ।” रासस