५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा हेलिकप्टरबाट सुत्केरीको उद्धार



फाइल फाेटाे
अ+ अ-

खलङ्गा । दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

छब्बिस हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिए पनि अर्को बच्चा जन्माउन बच्चाको फोक्सोको विकास नभएका कारण थप उपचारका लागि आज हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल पठाइएको जिल्ला अस्पताल दार्चुलाका चिकित्सक सोमराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले आमाको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको र जिल्ला अस्पताल दार्चुलामा जन्मिएको शिशुलाई सुर्खेत प्रादेशिक अस्पतालको आइसियुमा राखिएको छ ।