२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली माथी आक्रमण: अराजक गतिविधि गर्नेहरुलाई सरकारले छुट दिन नसक्ने- गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागि भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा बिरोध गर्नेहरुले ढुंगामुढा गरेका बताउनु भयो । उहाँले सो घटना हुनु दुखद् भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताउनु भयो । उहाँले प्रहरीले ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराउनु भयो । गृहमन्त्री श्रेष्ठले ‘अराजक गतिविधि गर्नेहरुलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – प्रहरीले एकजना ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई, त्यस रुपमा प्रश्तुत हुने व्यक्तिलाई अहिले नियन्त्रणमा लिएको छ । दुईजना प्रहरीहरु यस क्रममा घाइते भएका छन् । यस रुपमा पछाडी प्रहरीले आफ्नो भुमिका सकारात्मक रुपमा अगाडी बढाएपछि केपी शर्मा ओलीजीको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । त्यसपछि उहाँ इलामतर्फ प्रस्थान गर्नुभएको छ । सरकार संविधानको प्रभावकारी कार्यान्वयनको निम्ति दृढ छ । यो संविधान अन्तर्गत लोकतान्त्रिक अधिकारको प्रयोग गर्न र शान्तिपूर्ण रुपमा वैधानिक बाटोबाट आफ्नो विचार राख्न, आफ्नो विचारलाई लागू गर्ने प्रक्रियामा जनमत निर्माण गर्न छुट छ त्यसको सरकार सम्मान गर्दछ । तर कुनैपनि कोणबाट गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिको सट्टा अराजक गतिविधि गर्ने, कुनैपनि नेता, कार्यकर्ता वा नागरिकहरुको शान्तिपूर्ण आवत–जावत, भेला, कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन ।’

गृहमन्त्री श्रेष्ठले कपनमा भएको महिला हत्याको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान जारी राखेको बताउनु भयो । उहाँले केही दिन भित्रैमा प्रहरीले सत्यतथ्य पत्ता लगाउने र दोषीलाई कानूनको कठघरामा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मिटरव्याजी पीडितहरुलाई न्याय दिने र पीडकलाई कानूनी कठघरामा ल्याउनेगरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडी बढाएको बताउनु भयो । उहाँले केही दिन अघि मिटरव्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै त्यसप्रति माफी माग्नुभयो । उहाँले मिटरव्याजी पीडितहरुको समस्या समाधानका लागि सिंगो देश एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘जति कमजोरी भयो गृह मन्त्रालयको नेतृत्व सम्हालेको व्यक्तिको नाताले म पीडितहरु माथि जुनसुकै प्रसंगले भएपनि, जुनसुकै परिप्रेक्षमा भएपनि, जुनसुकै प्रसंगले त्यहाँ पु¥याएको भएपनि पीडितहरुमाथि प्रहरीको लाठि लाग्यो । नियन्त्रणमा लिइसकेपछि पनि केहीमाथि बल प्रयोग भयो । त्यसको निम्ति म क्षमा याचना गर्न चाहान्छु । म अपील गर्न चाहन्छु, सरकार यो समस्या समाधान गर्न दृढ छ भन्नेकुरा स्पष्ट हुँदाहुँदै यसलाई फेरि विभिन्न ढंगले भ्रम पैदा हुनेगरी लम्ब्याउनु उचित हुँदैन । बरु सिंगो देश एक ढिक्को भएर यसलाई छिटोभन्दा छिटो समाधान गरौँ भनेर अपील गर्न चाहन्छु ।’

गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा सबै राजनीतिक दलहरुका बिचमा सहमति खोज्ने कोशिस भइरहेको बताउनु भयो ।




भर्खरै