• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत ★   डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा ★   महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक ★   जापानी विदेशमन्त्री खामिखावा: वसन्तपुर क्षेत्रको अवलोकन– तस्बिरहरु ★   चिसो मौसममा भिक्षु विद्यार्थीलाई ज्याकेटले दिएको खुसी ★   सन्दीपको मुद्दामा जेठ १ गते पेशी ★   तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने ★   नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी ★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ?

घट्यो शेयर बजार



काठमाडौँ । पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता शेयर २३ हजार चार सय २९ पटक खरिदबिक्री हुँदा रू ८४ करोड ७० लाख २८ हजार दुई सय १९ बराबरको कारोबार भएको छ ।

आज नेप्सेका सबै इन्डेक्सको सूचक रातो देखिएको छ । सेन्सेटिभ इन्डेक्स दुई दशमलव ११, फ्लोट इन्डेक्स एक दशमलव ०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७७ अङ्कले घटेको छ ।

त्यस्तै, सबै समूहका उपसूचक पनि रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५६ दशमलव ८२ र निर्जीवन बीमा समूहको उपसूचक ५० दशमलव ९५ अङ्कले घटेको छ । आज बैंकिङ समूह सात दशमलव ६७, विकास बैंक समूह ३५ दशमलव ९२, वित्त समूह १२ दशमलव ७५, होटल तथा पर्यटन समूह ४६ दशमलव ९० र जलविद्युत् समूह २० दशमलव ५७ अङ्कले घटेको छ ।

त्यसैगरी, लगानी समूह शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन समूह ३४ दशमलव ७२, लघुवित्त समूह २० दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार समूह छ दशमलव ५८ र अन्य समूह पाँच दशमलव ४५ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य तीन दशमलव २५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको शेयर मूल्य नौ दशमलव १२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको रू सात करोड एक लाख ६० हजार चार सय ५७ बराबरको एक लाख ६४ हजार नौ सय ३० कित्ता शेयर किनबेच भएको छ ।