२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सा शिक्षा आयोगमाथि भ्रम फैलाउने र आक्रमण गर्ने कार्य हुँदै आएको छ– डा केसी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले पछिल्लो समयमा चिकित्सा शिक्षा आयोगमाथि विभिन्न पक्षबाट निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।

हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहनुभएका डा केसीले एक विज्ञप्ति जारी गर्दै मेडिकल माफियाहरुले निरन्तर आयोग र त्यसका पदाधिकारीहरुमाथि निराधार भ्रम फैलाउने र आक्रमण गर्ने गर्दै आएका उल्लेख गर्नुभएको छ ।

पछिल्लो समय राजनीतिक दलका विद्यार्थी संगठनका नाममा आयोग परिसरमा गुण्डागर्दी र आगजनी भएको भन्ने समाचारहरु आइरहेका उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “त्यस्तो दण्डनीय अराजकताका लागि विधिको शासन भएको राज्यमा कुनै छुट हुनु हुँदैन । तत्काल त्यस्तो कर्ममा संलग्न व्यक्तिहरुलाई कानुनअनुसार दण्डित गर्न हामी काठमाडौँ जिल्ला प्रशासन र नेपाल प्रहरीको ध्यानाकर्षण गर्दछौँ ।”

यसैबीच आयोगले कार्यविधि पुर्याएर रीतपूर्वक साझा प्रवेश परीक्षा सञ्चालन गरेकोमा बारम्बार त्यसलाई लिएर विभिन्न पक्ष अदालतमा जाने र शिक्षण संस्थाहरुको रुटिन नै खल्बलिने गरी मुद्दामामिला हुने अवस्थाप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ भन्दै डा केसीले न्यायालयमा यस्ता विषय प्रवेश गरेपछि तिनको गम्भीरता बुझेर समयमै संवेदनशीलतापुर्वक फैसला दिनु न्यायालयको कर्तव्य बन्ने बताउनुभएको छ ।

“न्यायालयले पनि छिट्टै यस्ता विषयलाई विषयविज्ञहरुको विज्ञतालाई सम्मान गर्दै किनारा लगाउनेछ भन्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभएको छ ।

डा केसीले यस अगाडि आफूहरुसित भएका सम्झौता तत्काल कार्यान्वयन गर्न र प्रधानमन्त्रीले गरेका प्रतिबद्धताहरु कार्यान्वयन गर्न पनि स्मरण गराउनुभएको छ ।




भर्खरै