५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा राप्रपालाई निराशाः उम्मेदवारले पाँच सय मत पनि कटाएनन्



अ+ अ-

काठमाडौं । बैशाख १० गते भएको उपनिर्वाचनको नतिजा आईसकेको छ र तीनै वटा क्षेत्रले आफ्नो प्रतिनिधि पाईसकेको छ । उपनिर्वाचन कै कुरा गरिरहदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारहरुले पाएका मत भने सम्झन लायकको रहेन ।

गत मंसिर ४ को चुनावमा सन्तोषजनक नतिजा ल्याएको राप्रपाले उपनिर्वाचनमा भने निराशा हात पारेको छ । राप्रपाबाट उपनिर्वाचनमा तनहुँ–१ बाट शोभा गुरुङ, चितवन–२ बाट जीवलाल पुरी र बारा–२ बाट सोनालाल प्रसाद साह तेली उठेका थिए । कसैसँग तालमेल नगरी एक्लै लडेको राप्रपाले जमानत पनि जोगाएन ।

चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र स्वर्णिम वाग्लेलाई मतको बर्षा हुँदा ठूला पार्टीको त नाक रहेन  भने राप्रपाले अस्तित्व जोगाउनसक्ने कुरै थिएन । अघिल्लो संसदीय चुनावमा राप्रपाले पाएको भोटहरू पनि अहिले रास्वपाले पाएको देखियो । अहिलेको चुनावमा मा राप्रपाले पाँच सय भोट पनि कटाउन सकेन ।

चितवन–२ मा राप्रपाका उम्मेदवार जीवलाल पुरीले ३७५ मत ल्याए । मंसिर ४ मा सोहि स्थानबाट उठेका रविन अधिकारीले ९५५ मत ल्याएका थिए ।

यस्तै, तनहुँमा राप्रपाको मत चितवनमा भन्दा पनि बढि खस्केको देखिन्छ । अघिल्लो चुनावमा राप्रपाका विनोद घर्तिले २ हजार ४ सय ८३ मत ल्याएका थिए भने यो पालि शोभा गुरुङले २१८ भोट ल्याईन।

बारा–२ मा राप्रपाको कमजोर उपस्थिति रहेको ठाउँ हो। मंसिर ४ मा उठेका सोनालाल साह तेली नै उपनिर्वाचनमा उठेका थिए । उनले मंसिर ४ मा ४५९ भोट पाउदा अहिले ११९ भोट ल्याए ।

राप्रपाका उम्मेदवारहरू चितवन र तनहुँमा चौंथो स्थानमा रहदा बारामा १० औं स्थानमा पुगेका छन्।

यसैबिच राप्रपा प्रवक्ता मोहन श्रेष्ठले उपनिर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा नल्याउदा पार्टीकै जिम्मेवार नेताहरुले उत्साहपूर्वक अन्य दलका विजयी उम्मेदवारलाई बधाई दिइरहेको भन्दै असन्तुष्टि पोखेका थिए ।

उनले भनेका थिए, ‘राप्रपाका साथीहरू (कार्यसम्पादन र पदाधिकारी समेत रहेका केही) यति भष्मासुर किन भएका होलान्, आफ्नो पार्टीले पराजय भोग्दै गर्दा र अर्को पार्टीले चुनाव जित्दा पनि उत्साहित हुँदै दुनियाँलाई ट्याग गरेर पोस्ट गर्दैछन् ! आफ्नो पदीय हैसियत र दायित्व नबुझ्ने मान्छेलाई सम्हाल्नै गार्‍हो !!’