१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः सेमिफाइनलमा पुग्न युएईलाई १ सय १७ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा युवा स्पिनर आयन खानको घातक बलिङमा युएईले सेमिफाइनलको यात्रा तय गर्न १ सय १७ रनको सामान्य लक्ष्य पाएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइन ४०.५ ओभरमा १ सय १६ रन बनाउदै अल आउट भयो । एक समय ८०–९ को दयनिय अवस्थामा पुगेको बहराइनलाई अली दाउद र वासिक अहमदले ३६ रनको साझेदारी गर्दै एक सय रनको योगफल बनाए ।

बहराइनका अली दाउद ४७ बलमा १ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहे । कप्तान हैदर अली बटले ४९ बलमा ४ चौकासहित २३ रन बनाउदा वासिक अहमद १२ रनमा आउट भए । बहराइनका अन्य खेलाडिका प्रदर्शन भने राम्रो हुन सकेन।

युएईका स्पिनर आयन खानले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिए । उनले ६० बलमा ५५ डट बल फ्याकेका थिए । रोहन मुस्तफाले १० ओभरमा ४ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । यस्तै, कार्तिक मयाप्पनले पनि १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । जहुर खानले एक विकेट लिए ।

समूह बी मा रहेको युएई ३ खेलमा २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ ओभरमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । युएई आजको खेलमा विजयी भए सेमिफाइनलमा पुग्नेछ ।