२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साथीलाई कुटपिट गरी हत्याको प्रयास गरेको भन्दै १३ बालिका पक्राउ



अ+ अ-

विराटनगर । मोरङमा साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् ।

मिक्लाजुङ गाउँपालिका– ३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययरत १४ वर्षकी बालिकालाई कुटपिट गरी हत्याको प्रयास गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो ।

कालिका माविमा अध्ययन गर्ने १३ जना बालिकाहरूले सङ्गठितरूपमा कुटपिट गरी भिडिओसमेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले बताए ।

प्रहरीले घटनामा संलग्न बालिकाहरूलाई पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ। स्कुले बालिकाहरू जोडिएको घटना भएकोले यसबारे बाल संवेदनशीलताको आधारमा गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते बालिकाको विर्तामोङ बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।