• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

गुजरातद्वारा मुम्बई ५५ रनले पराजित



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अन्तर्गत आधा चरण पार भइसकेको छ । सबै टोलीले सात खेल खेलेका छन् । चेन्नई र गुजरातको १० अंक छ भने चार टोलीको ८ अंक छ । एउटा टोलीले छ र तीन टोलीले चार अंक जोडेका छन् ।

मंगलबार गुजरात टाइटन्सले आफ्नो सातौं खेलमा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गर्दै यो सिजन १० अंक जोड्ने दोस्रो टोली बनेको छ । यो सिजनमा ५०ं रन माथिको चौथो जित हो । लिगको इतिहासमा नवौं पटक मुम्बईले २००ं रनको लक्ष्य पछ्याउन असफल भएको छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरे । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सका ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सके । खेलको प्लेयर अफ द म्याच गुजरातका अभिनव मनोहर भए । उनले २१ बलमा ४२ रन बनाए ।

२०८ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात सुस्त रह्यो । टोलीले पहिलो ६ ओभरमा २९ रन मात्र जोडेको थियो । यो सिजनको दोस्रो कम स्कोरिङ पावरप्ले थियो । यति मात्र होइन, टोलीले लगातार विकेट गुमाउँदै गयो । तल्लो मध्यक्रममा सबैभन्दा ठूलो साझेदारी ४५ रनको थियो ।

यसअघि गुजरातका ओपनर शुभमन गिल ९५६ रन०ले सिजनको तेस्रो अर्धशतक बनाएका थिए । गिलका अलावा डेभिड मिलनले ४६ र अभिनव मनोहरले ४२ रन बनाए । राहुल तेवाटियाले ५ बलमा २० रनको योगदान दिए ।

मुम्बईका पियुष चावलाले दुई विकेट लिए । अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ, रिले मेरिडिथ र कुमार कार्तिकेयले एक एक विकेट लिए ।

मुम्बईका लागि नेहलले काउन्टर इनिङ्समा सर्वाधिक ४० रन बनाए । क्यामरन ग्रीनले ३३ र सूर्यकुमारले २३ रन जोडे । मुम्बईको ओपनिङ असफल भयो । टोलीका दुवै ओपनर ४३ रनको स्कोरमा प्याभिलियन फर्किएका थिए । रोहित शर्मा २ र इशान किशन १३ रन बनाएर आउट भए । तिलक वर्मा (२ रन)ले आफ्नो विकेट गुमाएपछि विकेट झर्ने क्रम यहीँ रोकिएन । मुम्बईबाट ५०ं माथिको एउटा पनि साझेदारी भएन । टोलीबाट सबैभन्दा ठूलो साझेदारी तल्लो मध्यक्रममा नेहल र पियुषबीच ४५ रनको थियो ।

नूर अहमदले तीन विकेट लिए । राशिद खान र मोहित शर्माले दुई–दुई सफलता हात पारे ।

योसँगै गुजरातले अंक तालिकामा चेन्नईलाई बराबरी गर्दै प्लेअफमा पुग्ने दाबी बलियो बनाएको छ । अंक तालिकामा गुजरात र चेन्नईको समान १० अंक भए पनि राम्रो रनरेटका आधारमा चेन्नई शीर्ष स्थानमा छ ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोर भर्सेस कोलकाता नाइट राइडर्स, साँझ ७ः४५ बजे