२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश: बहुमतको सरकार गठनका लागि आह्वान



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका प्रदेशप्रमुख पृथ्वीमान गुरुङले गण्डकीमा तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न तीन दिनभित्र दाबी गर्न आह्वान गर्नुभएको हो ।

गत पुस २५ गते नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा नेकपा (एमाले) बाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी नेतृत्वको सरकार दोस्रोपटक प्रदेशसभामा विश्वासको मत लिँदा बहुमत सदस्यले विश्वासको मतको विपक्षमा मत दिँदा ढलेको थियो ।

केन्द्रमा सत्ता समीकरणमा फेरबदल भएलगत्तै गत चैत १० गते माओवादी केन्द्रले अधिकारी नेतृत्वका सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औँ दिन वैशाख ९ गते सरकार ढलेको हो ।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) र स्वतन्त्र सांसद जितेर नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले मत दिएका थिए । विश्वासको मतको पक्षमा एमालेका २२ र राप्रपाका २ प्रदेशसभा सदस्यले मात्र मत दिएका थिए ।

उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि अब उपधारा ३ बमोजिम ठूलो दलका हैसियतले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कांग्रेसले अडान राखेको थियो ।

तर माओवादी केन्द्र संसदीय दलका नेता चुमानले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्न सक्ने सम्भावना कायमै रहेकाले उपधारा २ बमोजिम नै सरकार गठन हुने भन्दै पहिलो चरणमा आफू मुख्यमन्त्री हुने दाबी गर्नुभएको थियो । उहाँले उपधारा ३ बमोजिम सरकार गठन भए विश्वासको मत नदिनेसम्म चेतावनी दिनुभएको थियो ।

कुन उपधारा बमोजिम सरकार गठन गर्ने भन्ने अन्योलमा परेपछि प्रदेशप्रमुख गुरुङ कानुनी परामर्शका लागि खगराज अधिकारी सरकार ढल्ने बेला नै काठमाडौँ पुग्नुभएको थियो ।

आइतबार साँझ पोखरा फर्किनुभएका गुरुङले सरकार गठन आह्वान गर्न विलम्ब गरेपछि उहाँको आलोचनासमेत भएको थियो । माओवादी केन्द्रका चुमानलाई मुख्यमन्त्री बन्नबाट रोक्न कांग्रेसले ठूलो दलको हैसियतमै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग लबिइङ गरेको थियो ।

ठूलो दलको नेताका हैसियतमा सुरेन्द्रलाई नै मुख्यमन्त्री नियुक्त गर्न भन्दै शीर्ष तहमै दबाव दिन कांग्रेस काठमाडौँमै डेलिगेसन गर्न पुगेको थियो । त्यस्तै सुरेन्द्रराज पाण्डेले आइतबार साँझ नै काठमाडौँ गएर कसरत गरेको र शीर्ष नेताहरुलाई दबाव दिन सोमबार कांग्रेस संसदीय दलका सदस्य नै काठमाडौँ पुगेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार साँझ उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त हुने र पहिलो चरणमा सुरेन्द्रराज नै मुख्यमन्त्री हुने सहमति भएको थियो । सहमतिअनुसार सुरुको ३ वर्ष कांग्रेस र पछिल्लो दुई वर्ष माओवादीले सरकार चलाउने छ ।

प्रदेश प्रमुख गुरुङले मंगलबार ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गर्न जाने तयारी गर्नुभएको जनाइएको छ ।




भर्खरै