८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण, सबै यात्रु सकुशल



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइट ५७६ फएजे विमान दुबइमा सुरक्षित अवतरण भएको छ ।

जहाज नेपाली समय अनुसार रातको २ बजे अर्थात् दुबईको स्थानीय समयअनुसार रातको १२ बजेर १४ मिनेटमा अवतरण भएको हो । काठमाडौं विमानस्थलबाट सोमबार राति ९ बजेर २१ मिनेटमा उडान भरेको विमान ४ घन्टा ४५ मिनेट लामो समयको उडानपछि विमान ल्याण्ड भएको हो ।

विमानमा सवार १ सय ६८ यात्री र ७ जना चालक दलका सदस्य गरी १ सय ७५ जना सकुशल छन् ।

विमानबाट ठूलो आवाज आएको र आगोको झिल्को देखिएको थियो ।