५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु – फोटोफिचर



अ+ अ-

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तानिएको छ ।

गुरुज्युको पल्टनले विगुल बजाएर हर्षबढाई गरी रथ तान्न शुरु गरिएको हो । आज ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथ तानिएको छ । पुल्चोकमा रथारोहण गराएपछि शुरु भएको मत्स्येन्द्रनाथको जात्रा जावलाखेलमा भोटो देखाई मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ ।

रातो मच्छिन्द्रनाथको जात्रा तीन दिन अघिबाटै शुरु भएपनि आजबाट रथ तानिएको हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । जात्रा ललितपुरका नेवार समुदायले एक महिना भर मनाउँछन् । यस जात्राको सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद् बताउँछन् ।

पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ ।