६ भाद्र २०८३, शनिबार
,
Latest
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाबाट ७ पदक जितेर फर्के नेपाली खेलाडी



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाको पर्थमा भएको विश्व अंग प्रत्यारोपण खेलकुद २०२३ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरुले ३ रजत ४ कास्य पदक जितेर स्वदेश फर्केका छन्।

यही वैशाख २ गतेदेखि ८ गतेसम्म भएको प्रतिस्पर्धामा गीता श्रेष्ठले ३० देखि ३९ वर्ष उमेर समूहको हाइजम्पमा रजत पदक तथा ४ मिटर हाइजम्प र १०० मिटर दौडमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

त्यस्तै विष्णुलाल श्रेष्ठले ५० देखि ५९ वष्र्ष समूहको हाइजम्पमा १ रजत एवं १०० मिटर दौड र लङजम्प गरी दुईवटा कास्यपदक जितेका छन्। असिम लम्सालले ८०० मिटर दौडमा रजत पदक जितेका छन्।

नेपाली खेलाडीले पर्थमा भएको अन्तर्राष्ट्रिय खेलकुदमा ७ वटा पदक हात पारेका हुन् । पर्थमा विश्वभरका ४८ देशबाट विभिन्न अङ्ग प्रत्यारोपण गरेका ३ हजार र अंगदान गर्ने १२ सयजना खेलाडीहरूको सहभागिता रहेको थियो । अर्को संस्करण २०२५ मा जर्मनीमा हुने भएको छ।