• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

लोकतन्त्र दिवसले अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस्– रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्तन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र दिवसले तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् भन्दै अब मुलुक युवाले हाँक्ने बताउनुभएको छ ।

लोकतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमा मुलुकलाई यो विन्दुसम्म ल्याउन सयौँले जीवनको आहूति दिएको भन्दै तर मलुक दशकौँदेखि जहाँ थियो अहिले पनि त्यहीँ रहेको बताउनुभएको छ ।

उहाँले वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन रु राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन रु भन्दै व्यवस्था सुध्रिए पनि नागरिकको अवस्था नसुध्रिएको टिप्पणी गर्नुभयो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ–

यो देशलाई यो बिन्दुसम्म ल्याउन कयौंले जीवनको आहूति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीँ सोच्छु— ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन रु राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन रु अहिलेको देश देख्दा लाग्छ— हामी दशकौं पहिले जहाँ थियौं, अहिले पनि त्यहीँ छौं । व्यवस्था त सुध्रियो, नागरिकको अवस्था सुध्रिएन । यो लोकतन्त्र दिवसले ती तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।