२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन क्षेत्र नं २ मा ६२ प्रतिशत मत खस्यो



अ+ अ-

चितवन । चितवन निर्वाचन क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो ।

मतदान सकिएसँगै अहिले मतपेटिका मतगणनास्थलतर्फ ल्याउने क्रम जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एकजना तेस्रोलिङ्गी रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले मतगणनास्थल उद्योग सङ्घ चितवनको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा ल्याउने प्रक्रिया सुरु भएको छ । आज राति १० बजेसम्म मतपेटिका आइपुग्ने उहाँले जानकारी दिनुभयो । मतपेटिका आएसँगै राजनीतिक दलहरूको सहमतिमा आज रातिदेखि नै मतगणना सुरु गर्ने तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बताउनुभयो । चार स्थानमा गणना गर्न मिल्ने गरी व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । वैशाख १३ गतेसम्म नतिजा आउने गरी गणनाको काम गरिने उहाँको भनाइ छ ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सांसद पद बदर गरेपछि उपनिर्वाचन भएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा ६७ दशमलव ६३ प्रतिशत अर्थात् ८४ हजार १७ मत खसेको थियो । सो समयमा एक लाख २४ हजार दुई सय १७ मतदाता रहेका थिए । रासस