२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन: चितवन–२ मा रोकिएका दुई केन्द्रमा मतदान सुरु



अ+ अ-

चितवन । चितवन–२ का दुई वटा केन्द्रमा रोकिएको मतदान सुरु भएको छ ।

भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि केन्द्र र भरतपुर–७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।

नयाँकिरणमा रास्वपाका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११:३० बजेबाट मतदान स्थगित भएको थियो । नाराबाजीको क्रममा मतदानस्थल बाहिर केहीबेर झडप पनि भएको थियो ।

स्थिति नियन्त्रणमा लिन मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिई विद्यालयको मूल गेट बन्द गरेको थियो । कृष्णपुर माविमा पनि लामिछानेले भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै विरोध गरेपछि मतदान रोकिएको थियो ।

अहिले अवस्था सामान्य भएपछि पुन: मतदान सुरु भएको छ ।