२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिन्स ह्यारीका कारण राजा चार्ल्स र प्रिन्स विलियमबीच मतभेद



अ+ अ-

लन्डन । बेलायतको शाही परिवारमा भएको दरार अहिले विश्वसामु आएको छ । पछिल्लो जानकारी अनुसार राजा चार्ल्स र उनका जेठा छोरा प्रिन्स विलियमबीच मतभेद भएको खबर आएको छ ।

विलियम आफ्नो बुबाले आफ्नो कान्छो भाइ प्रिन्स ह्यारीलाई राज्याभिषेक समारोहमा निम्तो नदिउन् भन्ने चाहेको बताइएको छ । विलियम आफ्नो भाइ कार्यक्रममा भाग लिने विरुद्ध कडा रूपमा छन्।

प्रिन्स अफ वेल्सको उपाधि पाएका विलियमले आफ्नो नजिकका स्रोतबाट डेली बिस्टलाई यसबारे जानकारी दिएका छन् । यसले विलियम भाइ ह्यारीको बारेमा के सोच्दछन् भनेर देखाउँछ।

विलियम विशेषगरी उनको भाइले पुस्तकको बहानामा परिवारलाई आक्रमण गरेकामा रिसाएका छन्। राजा चार्ल्सको राज्याभिषेक मे ६ मा हुनेछ ।

डेली बिस्टका अनुसार प्रिन्स ह्यारी २४ घण्टाका लागि इङ्गल्याण्ड आउँदा विलियमलाई कस्तो लाग्छ भन्ने एक स्रोतले बताएको छ। आफ्नो कान्छो छोरासँग मात्रै समय बिताउन चाहेकोले राजा चाल्र्स धेरै कूटनीतिक भएको विलियमठान्छन्।

डेली बिस्टले लेखेको छ यदि राजकुमार ह्यारी २४ घण्टाभन्दा कम समयका लागि आए भने यो वास्तवमै ठूलो विवाद हो। विलियमले आधिकारिकरूपमा आफ्नो बुबालाई समर्थन गर्दछन किनभने उनी राजा हुन् र यो उनको राज्याभिषेक हो। तर ह्यारीको आगमनमा उनी रिसाएका छन् ।

चार्ल्स आफ्नो कान्छो छोरा ह्यारी आफूसँग हुनेछन् भनेर खुसी छन्। चार्ल्सले सधैँ स्पष्ट पारेका छन् कि उनी आफ्ना दुवै छोराहरूलाई माया गर्छन् । त्यसैले ह्यारी उनीहरूसँग भएको चाहन्छन्। प्रिन्स विलियम र ह्यारी बीचको सम्बन्ध पहिले नै तनावपूर्ण छ।

तर विलियम र उनकी श्रीमती केट यस विषयमा कसैसँग कुरा गर्न चाहँदैनन्।स्रोतका अनुसार दुवै शाही परिवारको बारेमा चिन्तित छन्, त्यसैले उनीहरू शान्ति चाहन्छन्।

तर, मेगनले उक्त समारोहमा सहभागी हुन राजी भएको भए ठूलो समस्या हुनसक्ने परिवारका नजिकका सदस्यहरुको विश्वास छ । यस्तो अवस्थामा उनको क्यालिफोर्निया बसाई सबैका लागि सहज बनिरहेको छ ।

वेस्टमिन्स्टर एबेमा ह्यारीको आगमनका कारण शाही परिवारका सदस्यहरू बीचको कुनै पनि विवादबाट बच्न सबै व्यवस्था गरिएको छ। स्रोतका अनुसार शाही परिवारले ह्यारीलाई उनले गरेको कामको लागि कहिल्यै माफ गर्न सक्नेछैन।

प्रिन्स विलियम समारोहको अगाडि बस्नेछन् भने ह्यारी शाही परिवारका वरिष्ठ सदस्यहरूको पछाडि बस्नेछन्। यस्तो अवस्थामा विलियम र ह्यारी एकअर्काको अगाडि नआउने निश्चित छ । साथै मिडियाले उनीहरुको कुनै प्रत्यक्ष फोटो वा फुटेज प्राप्त गर्न सक्षम हुनेछैन। एजेन्सी