• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सलमानले आमिरलाई दिए आफ्नो ब्रासलेट उपहार !



एजेन्सी । आमिर खान हालै सलमान खानकी बहिनी अर्पिता शर्माको इद पार्टीमा सहभागी भएका थिए । यस क्रममा सलमानको लक्की चार्म अर्थात् उनको ब्रासलेट आमिरको हातमा देखिएको थियो । सलमान ‘भाइजान’को निलो स्टोन लक्की ब्रासलेट, जुन उनले वर्षौंदेखि लगाएका छन् । आमिरको यो भिडियो सामाजिक सञ्जालमा चर्चामा छ ।

आमिरको हातमा रहेको यो ब्रासलेट देखेपछि सलमान खानले आमिरलाई आफ्नो लक्की ब्रासलेट उपहार दिएको हुन सक्ने अनुमान गरिएको छ । यस्तो अनुमान यसकारण पनि भइरहेको छ कि जब सलमान यस ईदमा आफ्नो ग्यालेक्सी अपार्टमेन्टबाट बाहिर निस्किए तब उनको हातमा यो ब्रासलेट थिएन ।

आमिरको हातमा ब्रासलेट देखेपछि फ्यानहरूले भिडियोलाई लिएर कडा प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट सेक्शनमा लेखेका छन्– ‘सलमान भाइको ब्रासलेट आमिर भाइले हिजोदेखि लगाएका छन्, आज पनि भाइ बालकनीमा आउँदा पनि उनको हातमा यो ब्रासलेट थिएन र पार्टीको समयमा पनि थिएन ।’ अर्का फ्यानले लेखेका छन्– ‘आमिरको हातमा भाइजानको ब्रासलेट ।’ तेस्रो फ्यानले लेखे– ‘आमिर आफ्नो लुगामा धेरै पैसा खर्च गर्दैनन् ।’

सलमानका पिता तथा लेखक सलीम खानले उनलाई आफ्नो बहुमूल्य ब्रासलेट दिएका थिए । जब सलमान सानो थिए, उनलाई सलिमको यो ब्रासलेटसँग खेल्न मन पर्थ्यो । त्यसैले सलीमले उनलाई यो ब्रासलेट सदाका लागि दिए, त्यसैले सलमानलाई यो ब्रासलेट निकै प्रिय छ ।