२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको दुई केन्द्रमा मतदान रोकियो



भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि केन्द्र
अ+ अ-

चितवन । जारी उपनिर्वाचनमा चितवन–२ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ ।

भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि केन्द्र र भरतपुर–७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

नयाँकिरणमा रास्वपाका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११:३० बजेबाट मतदान स्थगित भएको थियो । नाराबाजीको क्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो ।

प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको छ भने विद्यालयको मूल गेट बन्द गरिएको छ ।

कृष्णपुर माविमा पनि लामिछानेले भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै विरोध गरेपछि मतदान रोकिएको हो ।कृष्णपुरमा करिब एक घण्टादेखि मतदान हुन सकेको छैन ।

चितवन–२ मा रास्वपा सभापति लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

 




भर्खरै