२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको दुई केन्द्रमा मतदान रोकियो



भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि केन्द्र
अ+ अ-

चितवन । जारी उपनिर्वाचनमा चितवन–२ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ ।

भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि केन्द्र र भरतपुर–७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

नयाँकिरणमा रास्वपाका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११:३० बजेबाट मतदान स्थगित भएको थियो । नाराबाजीको क्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो ।

प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको छ भने विद्यालयको मूल गेट बन्द गरिएको छ ।

कृष्णपुर माविमा पनि लामिछानेले भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै विरोध गरेपछि मतदान रोकिएको हो ।कृष्णपुरमा करिब एक घण्टादेखि मतदान हुन सकेको छैन ।

चितवन–२ मा रास्वपा सभापति लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।