२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक पद्धतिमा विश्वास गर्न रवि लामिछानेको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतान्त्रिक पद्दतिमा विश्वास गर्न आग्रह गर्नुभएको छ ।

चितवनको नयाँ किरण कमलकुसुम केन्द्रमा झडप भएपछि फेसबुक लाइभमार्फत स्वच्छ प्रतिस्पर्धा गर्न र भयरहित मतदान गर्ने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।

चितवन क्षेत्र नं २ मा रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको उम्मेदवारसमेत रहुनभएका लामिछानेले चितवनमा आफूमाथि हुलहुज्जत भएपछि तत्काल आफूलाई मतदानस्थलमा जाने अवस्था नरहेको बताउनुभयो ।

एउटा माघले जाडो नजाने भन्दै उहाँले अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको बताउनुभयो । आफ्ना नेता कार्यकर्ता तथा प्रतिस्पर्धी दलहरुलाई पनि भयरहित निर्वाचन गराउन ध्यानाकर्षण गराउँदै सभापति लामिछानेले आफ्नो पार्टीबाट बुथमा खटिएका कार्यकर्तालाई पनि उत्तेजित नहुन विशेष आग्रह गर्नुभयो ।

लामो इतिहास बोकेका दलहरुले हुलहुज्तमा विश्वास गर्दैनन् भन्दै उहाँले भन्नुभयो, “जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौँ ।”

उपनिर्वान मतदानका क्रममा आइतबार चितवनको नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो ।