२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक पद्धतिमा विश्वास गर्न रवि लामिछानेको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतान्त्रिक पद्दतिमा विश्वास गर्न आग्रह गर्नुभएको छ ।

चितवनको नयाँ किरण कमलकुसुम केन्द्रमा झडप भएपछि फेसबुक लाइभमार्फत स्वच्छ प्रतिस्पर्धा गर्न र भयरहित मतदान गर्ने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।

चितवन क्षेत्र नं २ मा रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको उम्मेदवारसमेत रहुनभएका लामिछानेले चितवनमा आफूमाथि हुलहुज्जत भएपछि तत्काल आफूलाई मतदानस्थलमा जाने अवस्था नरहेको बताउनुभयो ।

एउटा माघले जाडो नजाने भन्दै उहाँले अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको बताउनुभयो । आफ्ना नेता कार्यकर्ता तथा प्रतिस्पर्धी दलहरुलाई पनि भयरहित निर्वाचन गराउन ध्यानाकर्षण गराउँदै सभापति लामिछानेले आफ्नो पार्टीबाट बुथमा खटिएका कार्यकर्तालाई पनि उत्तेजित नहुन विशेष आग्रह गर्नुभयो ।

लामो इतिहास बोकेका दलहरुले हुलहुज्तमा विश्वास गर्दैनन् भन्दै उहाँले भन्नुभयो, “जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौँ ।”

उपनिर्वान मतदानका क्रममा आइतबार चितवनको नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो ।