२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा रवि लामिछानेमाथि हुलहुज्जत, मतदान स्थगित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि हुलहुज्जत भएपछि चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित नयाँ किरण माध्यमिक विद्यालयमा मतदान स्थगित भएको छ ।

मतदान केन्द्रको अवलोकन गर्न जाने क्रममा केही व्यक्ति लामिछानेमाथि जाइलागेको बताइएको छ । लामिछाने आफ्ना केही सहयोगीसहित उक्त विद्यालयको बुथतर्फ जाँदा त्यहाँ रहेका समर्थकहरुले उहाँको पक्षमा नाराबाजी गरेपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका थिए ।

लामिछानेका समर्थकहरुले ‘रवि दाइ हाइ हाइ’ गर्दै नाराबाजी भएपछि ‘के को हाइ हाइ?अहिले नाराबाजी गर्न पाइन्छ ? आचारसंहिता लाग्दैन ?’ भन्दै केही युवाहरुले हुलहुज्जत गरेका थिए । त्यसपछि प्रहरीले लामिछानेलाई सुरक्षा दिएर लगेको थियो भने हुलहुज्जत गर्ने युवाहरु र प्रहरीबीच झडपसमेत भएको थियो ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहेराले त्यसबेला सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहँदा एक कार्यकर्ताले उनको मोबाइल खोसेर फ्याकिदिएको सार्वजनिक भिडियोमा देखिन्छ ।

चितवन क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका लामिछानेलाई कुनै चोटपटक नलागेको बोहोराले बताउनुभयो । उहाँले त्यहाँ पार्टीका तर्फबाट कुनै नाराजुलुससमेत नगरिएको न्युजपोलारलाई बताउनुभयो ।

“हामी हिँडिरहेकामात्र थियौँ । सभापतिज्यूले सबैलाई अभिवादन फर्काइरहनुभएको थियो । बाटोमा बसिरहेकाहरुले उहाँको समर्थनमा नारा लगाउनुभयो । हामी उहाँहरुलाई नारा नलगाउन भनिरहेका थियौंं । त्यत्तिकैमा आक्रमण भयो”, उहाँले भन्नुभयो ।

त्यहाँ अहिले तनाव भएपछि मतदान रोकिएको छ । मतदान सुचारु गर्न सर्वदलीय बैठकको आह्वान गरिएको बताइएको छ ।