८ श्रावण २०८३, शुक्रबार
,
Latest
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना तीनवटा संसदीय समितिको बैठक बस्दै वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्शदीपले मुम्बईविरुद्धको खेलमा दुईपटक स्टम्प भाँचिदिएर आईपीएललाई २० लाख घाटा पारे



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा पञ्जाव किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गर्यो । शनिबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा अर्शदीप सिंहले अन्तिम ओभरमा १६ रन बचाए । सोही ओभरमा उनले आईपीएल व्यवस्थापनलाई भने घाटा पारेका छन् ।

२ सय १५ रनको लक्ष्यको अगाडि मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो । अन्तिम ओभरमा १६ रन आवश्यक थियो । अर्शदीप सिंहको अगाडि मुम्बईका टिम डेभिड र तिलक वर्मा क्रिजमा थिए । डेभिडले पहिलो बलमा सिंगल लिए, दोस्रो बल डट थियो ।

तेस्रो बलमा अर्शदीपले फुलर लेन्थ योर्कर फाँक्दै तिलकलाई बोल्ड गरे । अर्शदीपले चौथो बल धेरै फुलर लम्बाइमा बोल्ड गरे, यस पटक नेहल वढेरा बोल्ड भए । दुवै ब्याट्सम्यानको मिडल स्टम्प भाँचिएको थियो । अर्शदीपले अन्तिम २ बलमा एक रन दिएर आफ्नो टोलीलाई १३ रनले जित दिलाए ।

आईपीएलमा एलईडी स्टम्प प्रयोग गरिन्छ । एक स्टम्पको लागत करिब १० लाख रुपैयाँ(भारु) पर्न जान्छ । अर्शदीपले लगातार २ बलमा स्टम्प भाँचिदिए । यसरी अर्शदीपले २ बलमा आईपीएल व्यवस्थापनलाई २० लाख रुपैयाँ घाटा बनाएका छन् । उनको ओभर आईपीएल व्यवस्थापनका लागि सबैभन्दा महँगो ओभर हुनसक्छ तर उनले ओभरमा २ रन मात्र दिएर आफ्नो टोलीलाई जित दिलाए ।