२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

कोरोना भाइरस : नयाँ उपचार पत्ता लाग्यो, ३३ प्रतिशत बिरामीको जीवन रक्षा गर्ने

कोरोना भाइरस : नयाँ उपचार पत्ता लाग्यो, ३३ प्रतिशत बिरामीको जीवन रक्षा गर्ने
अ अ+ अ-

काठमाडौं । सस्तो औषधि डेक्सामेथासोनले कोभिडबाट हुन सक्ने मृत्युलाई कम गर्ने कुरा पत्ता लागेको ठिक एक वर्षपछि अध्ययनकर्ताहरूले अर्को जीवन रक्षक उपचार पत्ता लगाएको दाबी गरेका छन्।

तर नयाँ उपचार महँगो छ र यो उपचारमा एन्टीबडीलाई शरीरमा प्रवेश गराएर भाइरसलाई निर्मूल पार्ने काम हुने गर्छ। परीक्षणको नतिजाबाट यसले गम्भीर लक्षणका साथ अस्पताल भर्ना भएका ३३ प्रतिशत बिरामीको जीवन रक्षा गर्ने देखिएको छ।

यो उपचारले अस्पताल पुग्ने १०० कोभिड बिरामीमध्ये छ जनाको जीवन जोगिने वैज्ञानिकहरूले बताएका छन्। तर यो उपचार पहिल्यै एन्टीबडी नबनाएका बिरामीहरूलाई मात्रै दिन सकिने बताइएको छ। यसको मूल्य एक लाख ६५ हजार रुपैयाँदेखि तीन लाख ३० हजारसम्म पर्ने बताइएको छ।

प्रभावकारी उपचार
परीक्षणका क्रममा यो उपचार पाएकी ३७ वर्षीया किम्बर्ली फेदरस्टोनले भनिन्स् "म अस्पताल जाँदा यो परीक्षण भइरहनु मेरो लागि भाग्यशाली भयो र मैले यो प्रभावकारी उपचार प्राप्त गरेँ।"

"यो परीक्षणमा सहभागी भएर सफल उपचार पत्ता लगाउन भूमिका खेल्न पाएकोमा म खुसी छु।" रेजेनोरोनले विकास गरेको यो मोनोक्लोनल एन्टीबडी उपचारले कोरोनाभाइरसलाई बाँधेर यसलाई बढ्न र कोषलाई सङ्क्रमण गर्नबाट रोक्छ।

यूकेका १०,००० बिरामीमा गरिएको परीक्षणमा यसले निम्न कुराहरू घटाएको पाइएको छ:

  • मृत्युको जोखिम
  • अस्पताल रहनुपर्ने अवधि औसतमा चार दिनले
  • भेन्टिलेटरको आवश्यकता पर्ने अवस्था

संयुक्त प्रमुख अनुसन्धानकर्ता सर मार्टिन ल्यान्ड्रेले भनेस् "दुई एन्टीबडीको यो स्वरूपलाई रगतमा पठाउँदा मृत्युको सम्भावना २० प्रतिशतले घटाउँछ।"

"अहिले हामीले पत्ता लगाएको कुरा चाहिँ यो एन्टीभाइरल उपचारले मृत्युको सम्भावना एक तिहाइ भएका बिरामीहरूलाई त्यस्तो जोखिम कम गर्छ।" यो उपचार डेक्सामेथासोनसँगै दिइएको थियो। डेक्सामेथासोनले पनि सिकिस्त बिरामीहरूमा एक तिहाइसम्म मृत्युको जोखिम कम गर्छ।

ठूलो अनिश्चितता
अर्का प्रमुख अनुसन्धानकर्ता सर पिटर होर्बीले भने अन्य अध्ययनहरूमा उपयोगी नपाइएको एन्टीबडी उपचार ठिक हो कि होइन भन्ने विषयमा ठूलो अनिश्चितता रहेको बताए।

निको भएका बिरामीको रगतबाट एन्टीबडी भएको प्लाज्मा निकालेर गरिने उपचार कोभिडको उपचारमा प्रभावकारी नभएको पाइएको उनले बताए। तर यो नयाँ परीक्षणमा प्रयोग गरिएको उपचारमा प्रयोगशालामा निर्मित दुई निश्चित एन्टीबडीहरू कोरोनाभाइरसलाई बाँध्न सक्षम भएको बताइएको छ।

सर होर्बीले भने, "गम्भीर खालको कोभिड रोगमा पनि भाइरसलाई लक्षित गरेर आफै एन्टीबडी बनाउन नसकेका बिरामीहरूको मृत्युदर घटाउन सकिने कुरा थाहा पाउनु राम्रो हो।" (बीबीसी नेपाली)