२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

हुम्लामा उत्पादित आलुले बजार नपाएको कृषकहरुको गुनासो

हुम्लामा उत्पादित आलुले बजार नपाएको कृषकहरुको गुनासो
अ अ+ अ-

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको कृषकहरुले गुनासो गरेका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गते रातिबाट निषेधाज्ञा हुँदा, यसको सयमअवधि थपिदै गएपछि डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँका किसानले उत्पादन गरेको आलुले बजार पाउन नसकेको हुन् ।
     
मङ्सिर, पुषमा आलु रोपेर जेठ र असारमा बारीमा आलु फलेको भएपनि बिक्रीका लागी बजार नपाएर कुहिएर खेर जाने अवस्था रहेको डाडाफयाँ गाउँका किसान जुनकला शाहीले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “सिमकोट बजारमा आलुले राम्रो मूल्य पाउनुका साथै बिक्री पनि हुन्छ, तर सरकारले गरेको निषेधाज्ञाका कारण सिमकोट जान नपाउँदा गाउँमा उत्पादन भएका आलु खेर जाने अवस्था रहेको छ । ” 
     
स्थानीय स्तरमा पर्याप्त मात्रामा आलु उत्पादन गरिए पनि उक्त आलुले बजार नपाएको किसानले बताउने गरेका छन् । बिक्रीका लागी गाउँबाट आलु सिमकोट सम्म पुरयायो भने प्रतिकेजी रु १०० देखि माथि बिक्री हुनुका साथै आलुको परिकार हेरेर बिक्री हुने र मूल्य पाइन्छ । 
      
पछिल्लो समय वैशाख २२ गतेदेखि जिल्लामा निषेधाज्ञा लागु भएयता गाउँका कृषकहरुले आलु विक्रिका लागि बजार नपाउँदा उत्पादनमा मात्रै सीमित रहेको पाइएको छ । सिमकोट गाउँपालिका वडा २ ठेहे गाउँका जानकला भण्डारीले भन्नुभयो, “यो मौसममा आलु उत्पादनका लागि धेरै महेनत गरियो तर निषेधाज्ञाले जिल्ला सदरमुकाम सिमकोटसम्म गएर आलु बिक्री गर्न नपाएपछि घरमै थुपार्नु बाहेक अन्य विकल्प छैन्, ।” विगतमा सदरमुकाम सिमकोटसम्म लगेर बिक्री गर्ने गरिन्थ्यो भने यो वर्ष कोभड १९ का कारण कतै पनि लान नपाएर घरमै कुवाएर राख्नु परेको उहाँको भनाइ छ । 

जिल्लामा नयाँ उत्पादन गरिएको आलुको मूल्य रु १ सय ५० रुपैया पर्ने गरेको छ । तर यो वर्ष आलुनै बिक्री गर्न नपाएपछि अन्य घरायसी सामग्री किनेर खान नपाउँदा दुखित भएको स्थानीय कृषक शाहीले बताउनुभयो । जिल्लामा व्यावसायिक किसानले वर्षको दुई पटक आलु उत्पादन गर्ने गरेका छन् । 

जिल्ला बाहिरबाट तरकारी आउनै छोड्यो 
नेपालगञ्ज, सुर्खेतबाट दैनिक सिमकोट आउने सीता, समिट, तारा एयरलाइन्सले उपभोग्य सामग्री, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खाद्यान्न ढुवानी, कार्गोलगायत विकास निर्माणका सामाग्री ढुवानी गरेपनि तरकारी आउनै छोडेको व्यापारीले बताउने गरेका छन् । कोरोना सङ्क्रमणको त्रासका कारण अन्य सामाग्रीलाई नियमीत ढुवानी हुन दिएपनि जिल्ला बाहिरबाट आउने मासु, तथा अन्य फलफुल र तरकारीमा रोक लगाइएको छ । जिल्ला बाहिरबाट तरकारी नआउनु, जिल्लामै किसानले उत्पादन गरेको आलु लगायतका तरकारी सिमकोटमा नपुग्दा तरकारीको अभाव भएको छ ।  
     
कुखुराको मासु आयातमा रोक लगाउँदा सिमकोटमा खसीको मासुको मूल्य आकाशिएको छ । खसीको मासुको प्रतिकेजी मूल्य रु ८०० सयबाट बढेर रु एक हजार पुगेको छ । नेपालगञ्ज, सुर्खेतबाट ढुवानी भएर सिमकोट पुगेको कुखुराको मासुको प्रतिकेजी ५०० सय पर्ने गर्छ । रासस