२२ असार २०८३, सोमबार
,
Latest
ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धारका लागि सशस्त्र प्रहरीलाई स्ट्रेचर सहयोग



अ+ अ-

काठमाडौं । विपद्का बेला मृतक वा घाइतेको उद्धारका लागि प्रयोग गर्न सशस्त्र प्रहरी बल नेपाललाई एक व्यक्तिले स्ट्रेचर सहयोग गर्नुभएको छ ।
  
पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बु निवासी डा. निमा नाम्गेल शेर्पाले आज सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँलाई १५ थान स्केड स्ट्रेचर प्रदान गर्नुभएको हो । यसको मूल्य रु छ लाखभन्दा बढी रहेको जनाइएको छ ।

बाहिनीको बलम्बुस्थित कार्यालयमा आयोजित एक समारोहका बीच शेर्पाले बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई स्टेचर हस्तान्तरण गर्नुभएको हो । डा. शेर्पाले विपद् उद्धारका क्रममा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्यालले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त उद्धार सामग्रीको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त स्ट्रेचर नेपालको कठिन भूबनोट तथा अप्ठ्यारो स्थानमा विपद् प्रतिकार्य तथा उद्धारमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । उक्त स्ट्रेचर सशस्त्रको उपत्यकाका विभिन्न युनिटमा प्रयोग गरिने जनाइएको छ । रासस