२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

महाकाली अस्पतालमा सङ्क्रमितको चाप घट्दै

महाकाली अस्पतालमा सङ्क्रमितको चाप घट्दै
अ अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कोरोना सङ्क्रमित बिरामीको चाप घट्दै गइरहेको छ । कोरोना सङ्क्रमितको उपचारमा सक्रिय यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सङ्क्रमितको सङ्ख्या धेरैले घट्दै गइरहेको अस्पतालले जनाएको छ । 

अस्पतालका कोभिड–१९ सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले हाल अस्पतालमा आठदेखि १० सङ्क्रमित उपचाररत रहेको बताउनुभयो । “वैशाखको दोस्रो लहरका सङ्क्रमितको चापले बाहिर जस्तामुनि राखेर पनि उपचार दियौँ”, डा रोकायाले भन्नुभयो, “अहिले अवस्था सामान्य बन्दै गएको छ ।” 

अस्पतालमा वैशाखमा १३० सङ्क्रमितसमेत अस्पतालमा उपचारका लागि आएको तथ्याङ्क छ । त्यसैगरी स्वास्थ्य कार्यालयले हाल जिल्लामा ३२२ सक्रिय सङ्क्रमित रहेका बताउनुभयो । “दोस्रो लहरमा यहाँ दुई हजार जनासम्म सक्रिय सङ्क्रमित हुनुहुन्थ्यो”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भन्नुभयो, “अहिले परीक्षण गर्दा दर घटिरहेको पाइएको छ ।”

उहाँले कोरोनाको दोस्रो लहरमा मात्रै कञ्चनपुरमा १६८ ले ज्यान गुमाएको जानकारी दिनुभयो । भारतसित सीमानाका जोडिएको गड्डाचौकी नाका र पूर्वी गौरीफन्टा नाकामा भारतबाट स्वदेश फर्किनेको कोरोना परीक्षण जारी छ ।

त्यसैगरी आगामी सोमबारसम्म निषेधाज्ञा जारी राखेको स्थानीय प्रशासनले दैनिक उपभोग्य सामग्री, तरकारी पसल, खाद्यान्न पसल र निर्माण सामग्री खरिदका लागि लकडाउन केही खुकुलो गरेको छ । बजार पूर्णरूपमा नखुले पनि सातामा चार दिन यहाँ मापदण्ड पूरा गरेर बिहानी समय पसल सञ्चालनका लागि अनुमति दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सङ्क्रमणको स्थिति हेरेर लकडाउन सहज गरिने बताउनुभयो । “अब अवस्था सामान्य बन्दै जाँदा दैनिकीलाई पनि सहज गर्ने भनेका छौँ”, उहाँले भन्नुभयो, “कोरोना घटे पनि स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ ।” रासस