२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

फेरि भन्छु म कहिल्यै माओबादी थिइन र छैन पनि ! : राघवलाल वैद्य

फेरि भन्छु म कहिल्यै माओबादी थिइन र छैन पनि ! :  राघवलाल वैद्य
अ अ+ अ-

काठमाडौ । प्रतिनिधिसभा बिघटनको मुद्दामा सर्बोच्च अदालतमा  ‘एमिकस क्यूरी’ सिफारिस हुनुभएका बरिष्ठ अधिबक्ता राघवलाल वैद्यले आफू माथी संञ्चारक्षेत्र र केही कानून व्यवसायीबाट निष्पक्ष रायकोबारेमा प्रश्न उठेपछि प्रष्टिकरण दिनुभएको छ ।

बरिष्ठ अधिबक्ता बैद्यले आफू रहरले नभै नेपाल बार एशोसिएसनले सिफरिस गरेको जनाउदै स्वतन्त्र, तटस्थ र इमानवाला साथीलाइ छोड्न तयार रहेको जानकारी गराउनु भएको छ । बैद्यले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

मेरो कुनै मुद्दा छैन कुनै अदालतमा ! रह्यो  माओबादीबाट  म परेको भन्ने कुरा जिन्दगी भर कुनै पार्टी वा तिनको भातृ सङ्गठनको समेत कहिल्यै कुनै सदस्य  लिईन  र दलाली गरिएन, महान्यायाधिबक्ता हुँदा पनि स्वतन्त्र आज पनि स्वतन्त्र छु, अरु त अरु यो १२ बर्षको बीच मैले कुनै माओबादी नेतासङ्ग भेटेको पनि छैन, प्रचण्डजी पछि फेरि प्रम हुँदा र जाँदा दुई चोटि  बाहेक उहाँ सङ्ग न फोन न भेट भो ! फेरि भन्छु म कहिल्यै माओबादी थिइन र छैन पनि ! अदालत र न्यायाधिशको उतिबेला पुतला दहन हुँदा र नारा जुलुस हुँदा महान्यायाधिबक्ताको पदिय हैसियतलाई दाउमा राखेर पत्रकार बोलाइ बक्तब्य निकालेको कुरा थाहा नभए सोधि हिड्नु होला  I

उतिबेलाको सरकारमा पनि अहिले सरकारमा जुन पार्टीको हुनुहुन्छ । उहीँ उहीँ नै हुनु हुन्थ्यो, एउटा कुरा राम्रो हेक्का राखु पर्ने चै महान्यायधिबक्ता सरकारको कानूनी सल्लाहकार हो, ब्यक्ती प्र म को त देखिने नदेखिने छुट्टै कानूनी सल्लाहकार थिए र छन् अहिले पनि त्यो पनि तलबी नै ! एमिकसक्युरि मेरो रहर चै होइन, मैले छोडेर चित्त बुझ्ने भए स्वतन्त्र, तटस्थ र इमानवाला साथिलाइ छोड्न म त तैयारै छु I मैले न्यायीक क्षेत्रमा विभिन्न हैसियतले बिताएका ४७ बर्षमा इमान र निष्पक्षता आज पनि र भोलि पनि दुरुस्त छ, हुनेछ ! कृपया अब्बल र स्वतन्त्र ब्यबसायी खोजे हुन्छ, म बार पदाधिकारीसंग कुरा गर्छु आजै, नाफाको यो पछिल्लो जीवन जसरी बिताएको छु, बितिहाल्छ ! तपाइको महान खोज र खोटको सन्दर्भमा यत्ती !  धन्यबाद I