२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

कांग्रेसले गर्यो निषेधाज्ञाको विरोध, सरकारको रक्षा कबज बन्यो

कांग्रेसले गर्यो निषेधाज्ञाको विरोध, सरकारको रक्षा कबज बन्यो
अ अ+ अ-

काठमाडौं । जनतालाई हातमुख जोर्न गाह्रो भएको भन्दै नेपाली कांग्रेसले निषेधाज्ञाको विरोध जनाएको छ । कांग्रेस कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप ल्याउने र जनताका उपचारमा ध्यान दिनेभन्दा निषेधाज्ञालाई सरकारले रक्षा कबजका रूपमा प्रयोग गरेको जनाएको हो । 

बिहिवार कांग्रेस केन्द्रीय समिति बैठक चल्दै गर्दा सहमहामन्त्री प्रकाशशरण महतले लकडाउनका बेला नागरिकहरू जति नै असन्तुष्ट भए पनि सडकमा निस्कने अवस्था नभएकाले सरकारले सत्ता जोगाउने कबज बनाएको आरोप लगाए । 

‘कोरोना संक्रमण छ। उपचार र रोकथामको कुनै प्रवन्ध उहाँहरूले गर्नुभएन। गरेको भए लकडाउन गर्नुपर्ने नै थिएन,’ उनले भने, ‘लकडाउनका बेला नागरिकहरू जति नै असन्तुष्ट भए पनि सडकमा निस्कने अवस्था छैन। उहाँहरूले आफ्नो सत्ता जोगाउने कबजका रूपमा लकडाउनलाई लिनुभयो।’

उनले कोरोना संक्रमणबाट सरकार दुस्खी हुनुपर्नेमा सत्ता सुरक्षित भयो भन्ने सरकारले ठानेको पनि बताए।

उनले केन्द्रीय समिति बैठक जारी रहेको र महाधिवेशन मुख्य एजेन्डा भएको बताए। भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्तावमाथि छलफल जारी रहेको उनको भनाइ छ।