२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकलाई कृत्रिम दाँत प्रदान



अ+ अ-

रामपुर (पाल्पा) । दाँतको समस्याले पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारीलाई सधैँ पिरोल्ने गथ्र्यो । दाँत झरेपछि अनुहारमा चाउरीपन आउने, मन लागेको खानेकुरा खान नपाउने समस्या झेल्नुभएका तिवारी अहिले कृत्रिम दाँत राखेपछि उहाँ फूर्तिलो देखिनुहुन्छ । आफ्नै गाउँमा चलेको दन्तरोग विशेषज्ञ निशुल्क शिविरमा दाँत जाँच तथा नयाँ दाँत राख्ने सुबिधा पाएपछि उहाँ खुशी हुनुुहुन्छ ।

“दाँत नहुदा धेरै समस्या भोग्नुपर्ने, मन लागेको खानेकुरा खान नपाइने, अनुहार चाउरी पर्ने, अहिले नयाँ दाँत राखेपछि छुट्टै आनन्द लागेको छ, अनुहार नै फेरिएको जस्तो अनुभुती पाएको छु” उहाँले खुशी हुदै भन्नुभयो ।

पाल्पाको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले ट्राभल डेन्टिष्ट्री नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी निशुल्क कृत्रिम दन्त शिविर आयोजना गरेपछि दाँत नभएका धेरै जना ज्येष्ठ नागरिकले नयाँ दाँत पाएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका १ बस्ने तुलसा खनाल रामपुरमा निशुल्क कृत्रिम दाँत राख्ने शिविर आयोजना गरी नयाँ दाँत राख्न पाएपछि उहाँ उत्साहित हुनुहुन्छ । धेरै टाढाबाट रामपुरमा आउनुभएकी उहाँ नयाँ दाँत राखेपछि आफ्नो उमेर नै घटेको जस्तो अनुभुती भएको बताउनुहुन्छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आज शिविरमा सहभागीलाई दाँत हस्तातन्तरण गर्नुहुदै यसले नयाँ दाँत राखेपछि यसको सुरक्षा सही किसिमबाट गर्नुपर्ने र सुरुमा केही अप्ठ्यारो अनुभुती भएपनि नियमित प्रयोग गर्दै गएपछि सहज बन्ने बताउनुभयो । नयाँ दाँत राख्न आर्थिक हिसावले धेरै महँगो पर्ने हुदा ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै संस्थाले निशुल्क शिविर आयोजना गरी कृत्रिम दाँत उपलब्ध गराएको कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारी बताउनुहुन्छ । नयाँ दात राखेपछि ज्येष्ठ नागरिक खुशी भएका छन् ।

एक महिनाको अवधीमा ६० जनाको नयाँ दाँत राख्ने प्रक्रिया सकिएको ट्राभल डेन्टिष्ट्री नेपालका अध्यक्ष डाक्टर शंकर श्रेष्ठलले बताउनुभएको छ । उहाँका अनुसार निकाल्न र राख्न मिल्ने खालको पूरै दाँत नभएकालाई राखिएको छ । नयाँ दाँत राख्न डराउने, छाला, हड्डीसम्बन्धी समस्या भएका बिरामीलाई उपचार गरेर दाँतको महत्वबारे परामर्श लिएर कृत्रिम दाँत राख्न उप्रेरणा गरेको डाक्टर श्रेष्ठको भनाई छ ।

यहाँ चलेको शिविरमा २१ जना दन्त रोग विशेषज्ञ डाक्टर सहित ३१ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको हो । एक जनाको पूरै दाँत राखेको न्युनतम रु ३० हजार देखि रु ४० हजार सम्म रकम राख्ने गरेको दन्त चिकित्सक बताउँछन् । आर्थिक समस्याका कारण दाँत राख्न चाहेर पनि कतिपयले दाँत नै नराखिकन बस्ने गरेको पाइन्छ ।

दाँत नै स्वास्थ्यको पहिलो खुड्किलो हो, दाँत भएन भने खानपानमा समस्या पर्ने, अनुहार चाउरिपन पर्ने, खानेकुरा चपाउन नसक्दा पाचन प्रक्रिया नभएपछि शरीर स्वस्थ नरहने भएकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै कृत्रिम दाँत उपलब्ध गराइएको कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप राना बताउनुहुन्छ ।

“दाँत नहुने समस्या युवावर्गमा नभई धेरै ज्येष्ठ नागरिकमा हुने भएकाले ढल्दो उमेरमा खानेकुरा मज्जाले चपाएर खान नसक्दा शरीरमा समस्या पर्ने गरेको छ” उहाँले भन्नुभयो,–“ गाउँमा दाँतको नियमित उपचार गर्ने बानी नहुनु अर्कोतर्फ आर्थिक समस्याले गर्दा विभिन्न समस्या हुने, दन्तरोग विशेषज्ञ सेवा पाउनै मुस्किलको अवस्था पनि छ, यसरी शिविरमार्फत धेरैले सहज रुपमा सेवा लिन पाउनुभएको छ” ।

शिविरमा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका लगायतका नागरिकले सेवा लिएका छन् । यस संस्थाले स्थापनाकालदेखि रामपुर क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कोभिड १९ को समयमा स्वास्थ्य सुरक्षा सामग्री, बाँदर आतंक समस्या समाधान गर्न बाँदर धपाउने यन्त्र वितरण, कृषकलाई तालिम, एम्बुलेन्स सेवा, रामपुर बेझाडमा सार्वजनिक विद्या मन्दिर पुस्ताकालय सञ्चालन लगायतका कामहरु गरिरहेको छ । रासस