२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

इन्द्रावतीको बाढी : पाँचखाल खानेपानीमा क्षति

इन्द्रावतीको बाढी : पाँचखाल खानेपानीमा क्षति
अ अ+ अ-

काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले जिल्लाको पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजनाको मुहानमा  क्षति पुगेको छ । मंगलबार साँझदेखि लगातार आएको बाढीले आयोजनामा मुहानमा निर्माणाधीन संरचनामा दुई करोडभन्दा बढीको क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ । 

इन्द्रावती नदीमा आज बुधवार कोभन्दा ठूलो बाढी आइरहेकोले भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानका सबै संरचना ध्वस्त भई ठूलो क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेले जानकरी दिनुभयो । उहाँका अनुसार मुहानको इन्टेक, २०  ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन वालमा क्षति पुगेको छ भने निर्माणार्थ राखिएको सय टिपरभन्दा बढी वालुवा र केही मात्रामा सिमेन्ट बगाएको छ । “हामी आउँदो २० गते लगभग मुहान क्षेत्रको काम सम्पन्न गर्ने लक्ष्यका साथ लागेका थियौँ, आयोजना निर्माण कम्पनीको आजको थपक्षति बिवरण अनुसार मुहान क्षेत्रका दुई करोडभन्दा संरचनामा क्षति पुगेको प्रतिवेदन आएको छ” उहाँले भन्नुभयो । 

अविरल बर्षाका कारण गत मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्ची बजारका सयौँ घरटहरा बगाएको थियो । बाढीका कारण हालसम्म एकको शब फेला परेको छ भने सात स्थानीय बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सयौँ घरबारविहीन हुनुका साथै मेलम्ची खानेपानी आयोजनाका आठ कामदारसमेत सम्पर्कविहीन भएको जनाइएको छ भने ३७ कामदारको उद्धार गरिएको छ । खोलामा बाढी आएदेखिनै अबरुद्ध भएको विद्युत आपूर्ति नहुँदा सञ्चारविच्छेद हुँदा मेलम्ची बजारमाथिको क्षेत्रको अवस्था र क्षतिबारे विवरण आउन नसकेको बतान्छ । इन्द्रावती नदीको मुहान क्षेत्र मानिने सिन्धुपाल्चोकमा भने मेलम्ची खोलाले चिनिन्छ । 

गतसालको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको पाँचखाल बृहत शहरी खानेपानी आयोजनाको कामले तीव्रता पाउँदै आएको थियो । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वटा वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको थियो । परियोजनाको २०७६ भदौ १२ गते खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाई ९क्षेत्रगत० आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो ।

 खानेपानी आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाई बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएपनि निर्माण कम्पनीले रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने जनाएको छ । हाल कार्यान्वयनको चरणमा रहेका आयोजना अन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत खानेपानी सबैभन्दा ठूलो मानिएको छ । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका हुन् । 

खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिकाअन्तर्गत इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टि प्रविधि निर्माणका लागि मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको लामिछानेले बताउनुभयो । हाल बाढीले क्षति पु¥याएपछि निर्धारित समयमा आयोजना सम्पन्न नहुने भएको हो । हाल आयोजनाको सम्पूर्ण सर्बेको काम सकेर आयोजनाको कार्यालयलगायत वितरण केन्द्रहरुमा भौतिक निर्माणको काम भइरहेको जनाइएको छ । (रासस, राजकुमार पराजुली)