२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

कोरोना भाइरसको तौल बारे वैज्ञानिकहरुले गरे यस्तो खुलासा

कोरोना भाइरसको तौल बारे वैज्ञानिकहरुले गरे यस्तो खुलासा
अ अ+ अ-

काठमाडौं । हालै विश्वकै लागि संकट कोरोना भाइरसको तौल वैज्ञानिकहरुले पत्ता लगाएका छन् । इजरायलको वीजमैन इस्टिट्युट अफ साइन्सका वैज्ञानिकहरुले कोरोना भाइरसको वजन पत्ता लगाएको दाबी गरेका हुन् ।

वैज्ञानिकहरुले पुरै विश्वमा फैलिएको कोरोना भाइरसको तौलको गणना गरेको जनाएका छन् । वैज्ञानिकहरुको अनुसार विश्वमा पछिल्लो समयमा भएको कोरोना भाइरसको तौल ०.१ देखि १० किलोग्राम सम्म हुन्छ । 

वैज्ञानिकहरुले यो अनुमान संक्रमितको संख्याको आधारमा पत्ता लगाएको उनीहरुहको दाबीसंगै अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको तौल कम भएपनि खतरा भने बराबर हुने बताएका छन् । 

हाल विश्वमा हाल १७.३ प्रतिशत भन्दा बढी कोरोना संक्रमित छन् र ३७ लाख भन्दा धेरैले ज्यान गुमाईसकेका छन् । यो अनुसन्धान प्रोसोडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित भइसकको छ ।

अनुसन्धानमा सम्लग्न प्रोफेसर मिलोको अनुसार कोभिड–१९ भाइरस संक्रमित बाँदरबाट कोरोनाको वजन पत्ता लगाउन सुरु गरेका हुन् । उनको अनुसार बाँदरको फोक्सो, टन्सिल र पाचन प्रणालीमा भाइरसको मात्रा नापेका थिए । यसपछि उनीहरुले भाइरसको कण निकालेर प्रतिग्रामको हिसाबले गणना गरे । सोही कणलाई फेरी मानिससँग तुलना गरेर पत्ता लगाएकोे दाबी गरेका छन् । 

उनीहरुको अनुसार कम तौलको अर्थ कोरोनाको असर कम भएको समय र १० किलो तौल हुँदा भाइरसको असर धेरै भएको समय हो । एकजना कोरोना संक्रमित हुँदा धेरै कणहरु एक आपसमा मिलेर एक माइक्रोग्रामदेखि १० माइक्रोग्राम सम्मको कण बनेका हुन्छन् ।