२२ असार २०८३, सोमबार
,
Latest
ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारमा गएका नौ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव पक्षले ओली सरकारमा सहभागी भएका नौ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गरेको छ।

बिहीबार बसेको कार्यकारिणी समिति बैठकले  महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा,  शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ,  विमल श्रीवास्तव , चन्द्रकान्त चौधरी र  रेणुका गुरूङ  निष्कासन गर्ने निर्णय गरेको हो।  

यादव पक्ष पहिलो अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यस अघि नै निष्कासन गरेका छन्। यो पक्षले उनीहरुलाई यसअघि नै स्पष्टीकरण सोधिसकेको थियो । 

बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ। 

बैठकले बाढी  पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ।  बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ।  

पहिलो अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका यादव पक्षको  बिहीबारका लागि बोलाएको बैठक अवैधानिक र अनाधिकृत भन्दै पार्टीको बैठक नबोलाइएको बताएका छन्। विज्ञप्ति जारी गर्दै यादवले बोलाएको भनिएको बैठकबाट हुने सबै निर्णय अमान्य हुने भनेका छन्।

ठाकुरले अनाधिकृत बैठकमा सहभागी नहुन सदस्य र पदाधिकारीलाई आह्वान गरेका गरेका थिए।