२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

काठमाडौं उपत्यका भित्र ५० भन्दा बढी जातका फलफुलको बागवानी ओझेलमा, हेरौँ तस्बीरहरु

काठमाडौं उपत्यका भित्र ५० भन्दा बढी जातका फलफुलको बागवानी ओझेलमा, हेरौँ तस्बीरहरु
अ अ+ अ-

काठमाडौं । धेरैलाई थाहा छैन होला काठमाडौं उपत्यका भित्र फलफुलको ठुलो बागवानी छ भनेर । काठमाडौंको दक्षिण पश्चिममा किर्तिपुर नगरपालिकामा रहेको समशितोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेलमा छ । 

२०१९ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको समशितोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएरपनि खुम्चेर बसेको छ । नेपालको मध्यपहाडमा हुने सबै प्रकारका फलफुलको प्रसारको लागि बिउ, बेर्ना, विरुवा, उत्पादन गर्ने भएपनि सरकारको प्राथमिकतामा क्रमसः खुम्चदो छ । अंगुर, नासपाती, आरु, किवी, एभाकाडो, हलुवावेद, अम्बा, बयर तथा सुन्तला जातका फलफुलको ५० भन्दा बढी जातका फलफुलको विरुवा यस केन्द्रले उत्पादन गर्दै आएको छ । यस केन्द्रमा उत्पादन हुने जापनिज नासपाति र वाइनको लागि राम्रो मानिएको स्टुवेन अंगुर विशेष रहेका छन् । 

यस्तै यो केन्द्रले मुख्यगरी विरुवा उत्पादन गरेर कृषक तथा व्यवसायीहरुलाई विक्रि वितरण गर्दै आएको केन्द्रकी सुचना अधिकारी सरिता गौतमले बताउनुभयो । यति धेरै सम्भावना र महत्व भएको बागवानी केन्द्र अहिले अतिक्रमणमा परेको छ । 

स्थापना कालमा करिब ४०० रोपनीमा फैलिएको यो केन्द्र सरकारी निकायको कार्यालय, सडक लगायतले क्रमशः अतिक्रमण गर्दै गएका छन् । काठमाडौं उपत्यका नजिक रहेको ठुलो क्षेत्रफलमा सबैको आँखा जानु स्वभाविक हो । ४०० रोपनीमा फैलिएको यो बागवानी केन्द्र अहिले २७५ रोपनीमा खुम्चन पुगेको छ । सरकारले यसको महत्वलाई नबुझ्ने र प्राथमिकतामा नराख्ने हो भने खुम्चिएर सकिन बेर लाग्दैन ।

काठमाडौं लगायतका मध्यपहाडी क्षेत्रमा समशितोष्ण जलवायुमा उपयुक्त हुने फलफुलको विरुवा उत्पादन गर्न यो केन्द्रको प्रचार–प्रसार र क्षमता वृद्धि गर्न आवश्यक छ । बजारको अभाव नभएको तर माग अनुसार उत्पादन दिन नसकिएको यो समयमा यस्ता बागवानी केन्द्रको भुमिका अहम् हुन्छ । खुम्चदो केन्द्रमा सरकारको सकारात्मक दृष्टि समयमै जावस् ।