३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा मात्रै सङ्क्रमित दुई लाख नाघ्यो, सक्रिय संक्रमित कति ?



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्लामा कोरोना भाइरसका कुल सङ्क्रमितको संख्या दुई लाख नाघेको छ । देशभरि कुल सङ्क्रमितको एक तिहाइ काठमाडौं जिल्लामा पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा काठमाडौं जिल्लामा ४१७ सङ्क्रमित थपिएसंगै हालसम्म काठमाडौंमा सङ्क्रमित हुने दुई लाख ४९६ पुगेको छ ।  

कठमाडौंमा हाल सात हजार १३५ जना कोरोना भाइरसका संक्रिय संक्रमित रहेका छन् । हालसम्म काठमाडौंमा एक लाख ९१ हजार ५६४ जना कोरोनामुक्त भएका छन् ।

कोरोना सङ्क्रमणबाट काठमाडौंमा मात्रै एक हजार ७९७ जनाले ज्यान गुमाएका छन् ।