३ भाद्र २०८३, बुधबार
,
Latest
बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० औं ओडिआई खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो । नेपालले आफ्नो ५० औं एकदिवसीय(ओडिआई) खेलमा ओमानविरुद्ध रोमाञ्चक जित निकाल्यो । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् ।

ओमानका लागि मोहम्मद नदिमले ६५, सन्दीप गोउदले ४६, आयान खानले २९, कश्यप प्रजापतिले २५, जतिन्दर सिंहले १५, फायाज बटले १९ रन जोडे । नेपालको बलिङतर्फ सन्दीप लामिछने र करण केसीले तीनरतीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले दुई तथा ललित राजवंशीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रनको र्कीतिमानी योगफल बनायो । एकदिवसीय खेलमा नेपालले यसअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

कीर्तिमानी लक्ष्य बनाउनका लागि नेपालका लागि कुशल मल्लले पहिलो शतकीय पारी खेले । कूल ६४ बल खेलेका मल्लले १० छक्का र नौ चौकाको सहयोगमा १०८ रन बनाए । खेलको सुरुआत निकै खराब भए पनि मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुगेको हो । दुवै ओपनर शून्य रनमा आउट भएपछि नेपालले खेलको २८औँ बलमा मात्रै खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भीम ३३ रनमा आउट भए ।

पाँचौँ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए । यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौका प्रहार गरे । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे । बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक/एक विकेट झारे । यसअघि नेपालले उद्घाटन खेलमा मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

यसै खेलबाट नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान राख्न सफल बने । सन्दीपले ४२ खेलमा सय विकेटको लक्ष्य भेटाए । उनले अफगानिस्तानका बलर रासिद खानको ४४ खेलमा बनाएको सर्वाधिक छिटो विकेटको कीर्तिमान तोडेका हुन् । सबैभन्दा छिटो ओडीआईमा सय विकेट पूरा गर्ने खेलाडीको पहिलो नम्बरमा रासिद खान थिए । अब, सन्दीप पहिलो स्थानमा रहँदा रासिद खान दोस्रोमा झरेका छन् । यस्तै, अस्ट्रेलियाका मिचेल स्टार्क रहेका तेस्रो स्थानमा रहेका छन् । स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ । त्यस्तै समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । कुशलको एकदिवसीय खेलमा पहिलो शतकरएकै खेलमा धेरै छक्का प्रहार गर्ने नेपालका पहिलो खेलाडी बने । बायाँ हाते नेपाली युवा ब्याटर कुशल मल्लले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन् । आजको खेलमा छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका मल्लले ५९ बलमा शतक पूरा गरेका हुन् ।

यसअघि नेपालका लागि पूर्वकप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । मल्लले सन् २०२० मा घरेलु मैदानमा आयोजना भएको विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका विरुद्धको खेलबाट डेब्यु गरेका थिए । त्यस्तै उनले नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितको एकै खेलमा सर्वाधिक छक्का हान्ने पहिलो खेलाडीसमेत बनेका छन् । उनले ओमानविरुद्धको खेलमा ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे । उनले एक सय आठ रनको शतकीय पारी खेलेका थिए ।

अन्तर्राष्ट्रिय खेलमा नेपालका अन्य कुनै ब्याटरले १० छक्का प्रहार गर्ने सकेका छैनन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले एकै खेलमा समान ९ छक्का प्रहार गरेका थिए ।