३ भाद्र २०८३, बुधबार
,
Latest
बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन



फाईल फोटो
अ+ अ-

कीर्तिपुर । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिकरुपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको आदेशसम्बन्धी पत्र सम्बद्ध संस्था सुखी गँछे समाजले बुझ्न नमानेपछि वडा कार्यालयमा टाँस गरिएसँगै यससम्बन्धमा उठेको विवाद लम्बिने सङ्केत देखिएको हो ।

नगरपालिका कर्मचारीले हटाउने आदेशसम्बन्धी पत्र सुरुमा समाजका अध्यक्षलाई बुझाउन खोजेका थिए । अध्यक्षले सचिवलाई बुझाउनु भनेपछि सचिवलाई बुझाउन खोजिएको र सचिव तथा अन्य सदस्यले समेत बुझ्न नमानेपछि २ नं वडा कार्यालयमा टाँस गरिएको थियो ।

रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंग:थाँ’ (सांस्कृतिक चोक)मा स्थानीयसुखी गँछे समाजको पहलमा गत मङ्सिर महिनामा मच्छिन्द्रनाथ र याक मिसा (कन्या कुमारी) को प्रतिमूर्ति स्थापना गरिएको थियो । त्यसपछि ललितपुुरका मच्छिन्द्रनाथ सम्बद्ध गुठी तथा संस्थाले तन्त्रसाधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीको रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको ठाडो उल्लङ्घन हुन जाने ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायत गुठीको भनाइ थियो ।

कीर्तिपुरको शक्तिपिठ मानिने प्यँग:थां र आसन्न रातो मच्छिन्द्रनाथको भोटो जात्राबीच परम्परागत सम्बन्ध छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ तान्नुभन्दा चार दिन अघि जल पानेजु ९मच्छिन्द्रनाथका पुजारी०नाँगै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यां:गथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी कन्या)बाट प्रसाद ग्रहण गराउने परम्परा छ ।

यो परम्परालाई बेवास्ता गरी मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएकाले सो नहटाएमा प्रसाद ग्रहण गराउने परम्परालाई निरन्तरता दिन नसकिने अडान पानेजु सङ्घको छ । यससम्बद्धमा श्री हयगृव भैरवनाथ तथा ३२ पानेजु सङ्घद्वारा जारी विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ तन्त्रसाधनाका देवता भएको र याक मिसा जीवित देवी भएकीले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उल्लेख छ ।

यसविपरीत कीर्तिपुरको सुखी गँछेले प्रतिमूर्ति स्थापना गरेपछि पानेजु सङ्घ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले सो मूर्ति प्यंग: थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाई सो मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि भएका वार्ता तथा बैठकको आधार भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।

सुखी गँछेसम्बद्ध व्यक्तिले भने स्थापना गरिसकिएको मूर्तिलाई हटाउन एकोहरो दबाब दिनाको साटो वार्तामार्फत सम्मानजनक निकास दिनुपर्ने अडान राख्दै आएका छन् । रासससँग कुरा गर्दै गँछेका सचिव नारायण महर्जनले पुरातत्व विभाग र ललितपुर महानगरलगायत निकायले वार्तामार्फत सहमतिको विन्दु पहिल्याउनाको साटो एकपक्षीय दबाब दिएको बताउनुभयो । मूर्ति स्थापना अघि पुरातत्व विभाग,
कीर्तिपुर नगरपालिकासँग लिखित र पानेजु सङ्घसँग मौखिक सहमति लिइएको पनि उहाँले बताउनुभयो । “हामी पनि परम्परा नभत्कियोस् भन्ने पक्षमा छौँ र सबै विकल्पमा खुुला छौँ तर हामीलाई मात्र पेल्ने काम भयो”, उहाँको भनाइ थियो । रासस