२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

युरो २०२० : डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा प्रवेश

युरो २०२० : डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा प्रवेश
अ अ+ अ-

युरोकप फुटबल अन्तर्गत बिहीबार राति भएको दोस्रो खेलमा बेल्जियमले प्रभावशाली खेल देखाउँदै नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमले डेनमार्कको कोपेनहेगनस्थित पार्केन रंगशालामा २–१ ले खेल जितेर नकआउट चरणमा प्रवेश गरेको हो ।

बेल्जियम टिमका नायक थिए, रोमेलु लुकाकु र केभिन डी ब्रुएन । दुबै गोलका लागि लुकाकुले डेनमार्कको डिबक्सभित्र पास सिर्जना गरेका थिए । बेल्जियमका लागि थोरगन हजार्डले ५४औं र केभिन ब्रुएनले ७०औं मिनेटमा गोल गरेका थिए ।

यद्यपी यस प्रतिस्पर्धामा डेनमार्कले दर्शनीय खेल प्रदर्शन गर्दै निरन्तर आक्रमण गरेको थियो । बेल्जियमका विश्वस्तरीय गोलकिपर थिबट कुर्टोवाले डेनमार्कका खेलाडीले प्रहार गरेका कैयौं बललाई सुन्दर बचाउ गरेका थिए ।

पहिलाे गाेल डेनमार्कले दाेस्राे मिनेटमै गरेकाे थियाे । डेनमार्कका लागि युसुफ पाेल्सेनले गाेल गरेका थिए ।

समूह ख मा बेल्जियम र डेनमार्क सहित रसिया र फिनल्यान्ड रहेका छन् । बेल्जियमले दुई खेल खेलेर ६ अंक बनाएको छ भने २–२ खेल खेलका रसिया र फिनल्यान्डको समान ३ अंक छ ।

बिहीबार नै सम्पन्न पहिलो खेलमा युक्रेनले उत्तरी मेसेडोनियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  यस समूहमा नेदरल्यान्ड्स, अस्ट्रिया पनि रहेका छन् । युक्रेनले एक जित र एक हारबाट ३ अंक जोडेको छ ।
––