६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको शानदार शतकमा ओमानलाई ३११ रनको लक्ष्य



अ+ अ-

काठमाडौ । एसीसी प्रिमियर कपमा कुशल मल्लको शानदार शतकमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनायो ।

नेपालको लागि कुशल मल्लले शानदार शतकिय ईनिङ खेले । कुशलले ५९ बलमा सतक पुरा गरेका थिए । उनी नेपालका लागि सबैभन्दा थोरै बलमा सतक बनाउने खेलाडी बनेका छन् । आक्रामक ब्याटिङ गरेका उनी ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रनमा आउट भए ।

यस्तै नेपालका लागि सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपालले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए । करण केसी पनि १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।

सुरुआत राम्रो हुन नसकेको नेपालका मध्येक्रमका ब्याटरहरुले राम्रो साझेदारी गरेर नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए ।

टिमको स्कोर शुन्य रनमा रहँदा दुवै ओपनर गुमाएको नेपालले २८ औं बलमा रनको खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । रोहितले २३ रनमा आउट हुँदा भिमले ३३ रन बनाए ।

पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।

ओमानका लागि आयान खानले २ विकेट लिए भने बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १र१ विकेट लिए ।