६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाँच विकेट गुमायो, आउट भए आरीफ शेख



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेटमाआरीफ शेखलाई गुमाएको हो ।

उनी ४३ बलमा २९ रन बनाएर जसीन्दर सिङको हातबाट आउट हुन पुगे । ओमानका जसीन्दरले ओडिआईमा पहिलो विकेट लिएका हुन् । आरीफ र कुशल मल्लले साझेदारीमा ७८ रन बनाएका छन् ।

नेपालको लागि कुशलले अर्धशतक बनाईसकेका छन् । अहिले कुशल र दिपेन्द्र सिंह ऐरी क्रिजमा छन् ।

ताजा स्थितिमा नेपालले ३५ आोभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको छ ।