• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

नेपालले आज ५० औं ओडिआई खेल खेल्दै



काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल खेल्दैछ ।

बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने नेपाल र ओमानबीचको खेल नेपालको ५० औं ओडिआई खेल रहेको छ ।

नेपालले पहिलोपटक सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको थियो । नेपालमा जारी एसीसी प्रिमियर कप प्रतियोगितामा एउटै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता देश रहेकाले यो खेल ओडिआई मान्यता प्राप्त हुनेछ ।

नेपालले आफ्नो पहिलो ओडिआई खेल २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग उसकै घरेलु मैदानमा खेलेको थियो । दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा भने १ रनको विजयी भएको थियो ।

आफ्नो ४९ ओडिआई खेलमा नेपालले २६ मा जित, २१ मा हार, एक मा बराबरी गर्दा एक खेल भने अनिर्णित रह्यो । नेपालले युएई, पपुवा न्युगिनी(पीएनजी),स्कटल्यान्ड, नामिबिया, ओमान, अमेरिका र नेदरल्यान्ड्स गरी सात देशसँग ओडिआई खेल खेलेको छ ।

४९ मध्ये नेपालले आईसीसी विश्वकप लिग टू मा मात्रै ३६ खेल खेलेको थियो । एक खेल एसिया कप छनोट प्रतियोगितामा युएईविरुद्ध खेलेको थियो । अन्य १२ खेल दुई देशबीचको सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग २ , युएईसँग ६ र पीएनजीसँग ४ खेल खेलेको थियो ।

नेपालले ओडिआई मान्यता प्राप्त सबैभन्दा धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

यसैबीच एसीसी प्रिमियर कप अन्तर्गत नै आज दोस्रो खेल हङकङ र युएईबीच हुँदैछ । समूह ‘बी’का युएई र हङकङबीच हुने उक्त खेल सोही समयमा अर्थात् बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

नेपालको आज दोस्रो खेल रहेको छ । यसअघि मंगलबार उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा भइरहेको प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहने छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् ।

फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।