३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज ५० औं ओडिआई खेल खेल्दै



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल खेल्दैछ ।

बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने नेपाल र ओमानबीचको खेल नेपालको ५० औं ओडिआई खेल रहेको छ ।

नेपालले पहिलोपटक सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको थियो । नेपालमा जारी एसीसी प्रिमियर कप प्रतियोगितामा एउटै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता देश रहेकाले यो खेल ओडिआई मान्यता प्राप्त हुनेछ ।

नेपालले आफ्नो पहिलो ओडिआई खेल २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग उसकै घरेलु मैदानमा खेलेको थियो । दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा भने १ रनको विजयी भएको थियो ।

आफ्नो ४९ ओडिआई खेलमा नेपालले २६ मा जित, २१ मा हार, एक मा बराबरी गर्दा एक खेल भने अनिर्णित रह्यो । नेपालले युएई, पपुवा न्युगिनी(पीएनजी),स्कटल्यान्ड, नामिबिया, ओमान, अमेरिका र नेदरल्यान्ड्स गरी सात देशसँग ओडिआई खेल खेलेको छ ।

४९ मध्ये नेपालले आईसीसी विश्वकप लिग टू मा मात्रै ३६ खेल खेलेको थियो । एक खेल एसिया कप छनोट प्रतियोगितामा युएईविरुद्ध खेलेको थियो । अन्य १२ खेल दुई देशबीचको सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग २ , युएईसँग ६ र पीएनजीसँग ४ खेल खेलेको थियो ।

नेपालले ओडिआई मान्यता प्राप्त सबैभन्दा धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

यसैबीच एसीसी प्रिमियर कप अन्तर्गत नै आज दोस्रो खेल हङकङ र युएईबीच हुँदैछ । समूह ‘बी’का युएई र हङकङबीच हुने उक्त खेल सोही समयमा अर्थात् बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

नेपालको आज दोस्रो खेल रहेको छ । यसअघि मंगलबार उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा भइरहेको प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहने छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् ।

फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।