२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकारले विकासको योजना काटेर आफन्त पोस्यो: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाउनु भएको छ ।

बाराको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारको ध्यान देश र जनता नभएर आफन्त पोस्नेमात्रै भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो ‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं । हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं । अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’

आज राती मौन अबधी सुरु हुने भएका कारण ओली एमाले उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा माहोल बनाउन बार जानु भएको हो ।