• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

निहारिका राजपूत अचेत अवस्थामा फेला



निहारिका, श्रीमान शिवराज र छोरा

जनकपुरधाम । निहारिका राजपुत अचेत अवस्थामा फेला परेपछि प्रहरीले अस्पताल पुर्याएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी निहारिकालाई प्रहरीले उद्दार गरी प्रादेशिक अस्पताल लगिएको छ ।

निहारिका डेरामै छटपटाई रहेको भनेर स्थानीयले प्रहरी कार्यालयमा खबर गरेपछि उनलाई अस्पताल पुर्याएको हो । प्रहरी कोठामा पुग्दा उनी खाटमै ढलेकी थिईन् । उनीले बिष सेवन गरेको अनुमान गरिएको छ ।

निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध विग्रेकोले उनी छुट्टै डेरा लिएर छोरासँग जनकपुरमा बस्दै आएकी बताइएको छ । शिवराज र निहारिकाले श्रीमान /श्रीमतीको रुपमा ०७९ माघ १७ मा मिलापत्र गरेका थिए ।